बालाजुमा बसले किच्दा दुई पैदलयात्रुको मृत्यु

    images

      काठमाडौं ।  काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ ।

      काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

      दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

      बिहीबार ५ फागुन २०७८ ०२:२३ PM मा प्रकाशित

      प्रतिक्रिया