काठमाण्डौँ । ‘सपना आज भाटभटेनी आइज है नौ बजे’सीमाले फोन गरेर भनिन् । ल आउँछु भनेर फोन राखिन् । सपना साँढे नौ बजे सीमालाई भेट्न भाटभटेनी पुगिन ।
सीमाले सपना तिर हेर्दै केही बेरको किनमेल पछि खाजा खाउ ल भनिन् ।
‘मेरो बैभव लक्ष्मीको व्रत छ म खान्न ।’सपनाको प्रतिउत्तर ।
‘अहो तैंले पनि व्रत बसेकी कसका लागि ?’हाँसेर सीमाले सोधिन् ।
रबिन र म बिचको प्रेममा कसैको आँखा लाग्यो । मैले त्यो आँखा लगाउनेको सर्वनास होस भन्न चाहान्न तर मेरो र रबिनको पुनर्मिलन होस भनेर ब्रत बसेकी छु ।’
‘ म रबिनलाई धेरै माया र भरोसा गर्छु । रबिनले म बाहेक अरुलाई माया गर्न सजिलो छैन् । उसको स्वभाव मलाई थाहा छ । मसंग विहे भएन भने उसले अरुसँग पनि गर्दैन् ।
दशवटा व्रत आज सकिन्छ । एघारौं व्रत म रबीनसँग बसेर समापन गर्न चाहान्छु ।
सपनाको विश्वास देखेर छक्क परिन सीमा । मन भावमा बग्यो । प्रेम गरिएको विश्वासमा बग्यो । लाग्छ अविरल बग्ने इन्द्रावती जस्तै छ निश्छल छ यो प्रेम ।
‘यो कसरी हुन्छ त तिमीहरु छुट्टिएको तीन महिना भैसकेको छ ?’भाटभटेनीमा सामान छान्दै सीमाले प्रश्न गरिन ।
जवाफ नदिई सपना एक्कासी दौडिन् । सपना पख भन्दै सीमा पछिपछि लागिन् ।
सपनाले रबिनको दुबै हात समाएको देखेर मनमनै सोचिन् । भगवानले जुराएको जोडीलाई मान्छेले छुटाएर छुट्छ ।
ममता मृदुल
प्रतिक्रिया