फलेन्द्र मगर / युएई संवाददाता
युएई - अगस्ट -१५"आदिवासी ज्ञानको संरक्षण पुस्तान्तरण मा महिलाको भुमिका " भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासघं , युएईले यस वर्ष पनि विश्व आदिवासी दिवस एक कार्यक्रम गरि भव्य रूपले मनायो । औपचारिक कार्यक्रम नेफिन युएई का सचीव रिन्जिन पासाङले संचालन गरेका थिए । नेफिन , युएई कि अध्यक्ष बिजया लक्ष्मी राईको अध्यक्षतामा नेपाली राजदुतावास युएई का महामहिम राजदुत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्य तथा श्रम काउन्सिलर दीनबन्धु सुवेदी र विशाल भट्टराई को पनि विशेष उपस्थिति थियोे ।
कार्यक्रममा नेपाली समाज युएई मा आबद्ध विभिन्न संघ संस्थाका प्रतिनिधि हरु को आतिथ्य पनि रहेको थियोे । हरेक वर्ष अगस्ट महिनामा विश्व आदिवासी दिवसको दिनलाई लक्ष्य गरि मनाउदै आइरहेको कार्यक्रम गत वर्ष कोभिड-१९ महामारीका कारण भने हुन सकेको थिएन । कोभिड नियन्त्रण भए सँगसँगै यस वर्ष भने १४ अगस्ट का दिन २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसर पारेर युएई को दुबई शहर स्थित क्लब एभरेस्ट मा एक भव्य समारोह को आयोजना गरि सम्पन्न भयो ।
कार्यक्रममा आदिवासी जनजातीहरुको पौराणिक महत्त्व झल्कने साँस्कृतिक झाँकी, भेषभुषा, बाजागाजा , मौलिक परिकार र घरायसी सर सामाग्री प्रदर्शनी स्टल मा राखिएको थियोे । साथै आदिवासी युवायुवती हरुको व्यक्तित्व र बौद्धिकता विकासका लागी Mr. & Miss Indigenous 2022 प्रतियोगीता को उपाधी पुरुष तर्फ थाकस , युएई बाट केशवराज महतो र महिला तर्फ किराँत राई यायोख्खा , युएई कि सुश्री सिमा राई ले जितेको कार्यक्रम संयोजक डम्बर लिवाहाङ लिम्बूले जानकारी दिनुभयो ।
अनौपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुको विविध प्रस्तुति समेत रहेको उक्त कार्यक्रमको संचालन केशवराज महतोले गरेका थिए । दुबईमा आयोजना भएको एक्सो २०२० अवधी भर नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै विश्व सामु नेपालको मौलिकता साँस्कृतिक प्राकृतिक सम्पदा र संस्कृति झल्काउने नेपाल आदिवासी जनजाति महासंघ, युएईका कलाकारहरुको उच्च सम्मान गर्दै कदर स्वरुप सम्मान पनि गरिएको नेफिन, युएई कि अध्यक्ष सुश्री बिजया लक्ष्मी राई ले बताइन।
त्यसै गरि सोही कार्यक्रममा कोभिड-१९ महामारीको समयमा समस्यामा परेका नेपालीहरु लाई राहत तथा उद्दार गर्न स्थानिय प्रशासन सँग समन्वय गरि कोभिड -१९ बाट प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटिने जनजातिका स्वयंसेवकहरु लाई समेत सम्मान गरिएको नेपाल मगर संघ शाखा , युएईका प्रमुख सल्लाहकार टंक थापा मगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया