होलीमा छाला र कपालको सुरक्षा कसरी गर्ने ?

    images

      काठमाडौं : रंग नै रंगको पर्व हो होली । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृतिअनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

      होलीमा रंगको धेरै नै महत्व हुने गर्दछ ।  होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाएर एक अर्कालाई रङ्गिन बनाउँछन् । रंगमा धेरै प्रकारको केमिकलहरु हुने गर्दछ । रंगमा भएको रसायनले हाम्रो कपाल छाला, आँखामा धेरै नै नोक्सानी गर्ने गर्दछ । त्यसैले होलीको रंग खेल्नु अगाडी यस्ता उपायहरु अपनाउनुहोस् ।

      छालाको स्याहार कसरी गर्ने ?

      –होलीको अघिल्लो राती तपाईले आफ्नो छालामा बदाम या नरिवलको तेल लगाउनुहोस् । यसो गर्दा छालामा ओसीलोपन हुन्छ । तपाइँको छालामा रंग र रसायनहरू अवशोषित गर्नबाट रोक्छ।

      –शरिर ढाक्ने गरिको सुती लुगाहरू लगाउने । यसो गर्दा छालालाई सीधै रंगको सम्पर्कमा आउन दिदैन ।

      –रंग खेल्नु अघि सनस्क्रिन, जेल क्रीम, मोस्चराइजर साथै ओठ, कान र नङमा भ्यासलीन अनिवार्य रुपमा लगाउने ।

      कपालको सुरक्षा कसरी गर्ने ?
      –होली खेल्नुभन्दा पहिले कपालमा हेयर कण्डिशनरको प्रयोग गर्ने । यसले कपाललाई विभिन्न रङबाट सुक्खा हुन दिँदैन । कपाललाई खराब पानीबाट सुरक्षा पनि दिन्छ । यसले सूर्यको किरण, रङ र फोहर पानीका कारण हुने हानीबाट पनि बचाउँछ ।

      –होली खेल्नु अघि कपालमा तेल वा सीरम लगाउने । यसले रङहरूलाई कपालमा टाँसिनबाट रोक्छ ।

      –कपाल खुल्ला नराख्ने । बरु कपालमा रुमाल वा स्कार्फ बाध्ने । यसो गर्दा रंग सिधै तपाईको कपालमा पर्दैन ।

      –टाउकोमा कागतीको रस लगाउने । किनकि साइट्रिक एसिडले तपाइँको टाउकोलाई संक्रमण हुनबाट बचाउँछ ।

       रङको एलर्जीबाट बच्ने तरीका :
      –होली खेल्नुभन्दा पहिले मोइश्चराइजर क्रिम वा लोसन लगाउने ।

      – रङ हटाउन अनुहार घोटेर होइन, विस्तारै–विस्तारै धुने ।

      – रसायनयुक्त रङभन्दा प्राकृतिक रङको प्रयोग गर्ने ।

      – होलीको रङ धुन साबुन, फेसवाशभन्दा पनि बेसन, दही र पीठोको प्रयोग गर्ने ।

      –छालामा टाँसिएको रङ पखाल्न चिसोपानीको प्रयोग गर्ने ।

      –रङ पखालिसकेपछि आँखामा गुलाबजल लगाएमा आँखा पोल्ने समस्या हट्छ । साथै होली खेल्दा खेल्दै आँखामा अबिर वा रङ पसेमा पानीले आँखा धुनुपर्छ ।

      होली खेलिसकेपछि के गर्ने ?

      –रंगीन कपाल सफा गर्न चिसो पानी वा मनतातो पानीले धुने ।

      –मिल्क प्रोटिन वा उच्च मोइस्चराइजिङ प्रभाव भएका स्याफू प्रयोग गर्ने ।

      –विस्तारै हल्का मसाज गरेर धुने ।

      – कपालमा कम्तिमा १० मिनेट राख्ने । कन्डिसनरलाई १० मिनेटको लागि राख्दा तपाईंको कपाल नरम स्पर्श प्राप्त गर्न मद्दत गर्दछ।

      – होलीपछि एक हप्ता भरि हरेक रात अनुहार तथा कपालमा तेलले मालिस गर्ने । विहान चिसो पानीले सफा गर्ने ।

      -होलीको भोलीपल्ट १ कप काँचो दूधमा एक चम्चा मह मिसाई कपालको जरादेखि टुप्पोसम्म लगाउने । यसलाई आधा घण्टा वा १ घण्टापछि मनतातो पानीले धुने । कपाल सुख्खा हुनबाट बचाउँछ ।

      बुधबार २ चैत २०७८ ०१:१६ PM मा प्रकाशित

      प्रतिक्रिया