रुसी हमलामा परी दुई पत्रकारकाे निधन

    images

       

      रुसी हमलामा अमेरिकी सञ्चारमाध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको निधन भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

      राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरूको निधन भएको फक्स न्युज च्यानलले जनाएको छ । 

      मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा रहेका छन् । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रूपमा काम गर्थिन् । 

      हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ । 

      द्वन्द्व पत्रकार रहेका मारिने पियरे इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए । 

      बुधबार २ चैत २०७८ ११:४० AM मा प्रकाशित

      प्रतिक्रिया