×
images

वायुसेवा निगममा क्याबिन क्रुहरु आन्दोलनमा

काठमाडौं । नेपाल वायुसेवा निगममा क्याबिन क्रुहरु आन्दोलनमा उत्रिएका छन् । निगममा दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।

निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुने गरेको छ । यसक्रममा दुई जना एयर होस्टेसको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि आन्दोलनमा उत्रिएका छन् । क्याबिन क्रुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।
 

बिहीबार २९ मंसिर २०७९ ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया