काठमाडौं । कागती सेवन गर्नुका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त भुलेर पनि खानु हुदैन ! कागती सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ ।
तर यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि पर्ने गर्दछ । कागतीमा पाइने सिट्रस ए-सिडले दाँतलाई धेरै नै हानी पु-याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ
यसको नियमित सेवनले वजन कम गर्न देखि अन्य समस्यालाई नियन्त्रण गर्न सघाउँ पुर्याउँछ। त्यस्तै छालाका समस्या भएकाहरुले पनि कागतीको प्रयोग गर्दा फाइदा पुग्छ । तर सबैलाई भने कागती पानीले फाइदा पुग्दैन ।
आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिँदै छौं । मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न ।
कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।
यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न । कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।
यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ । धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।
त्यसबाहेक यस्ता छन् कागती का बेफाइदाहरु:-
१) माइग्रेन र टाउको दुख्ने: कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसै कारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
२) पेट खराब हुने: यदि तपार्इं दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उ-ल्टि आउने सम्भावना हुन्छ ।
३) मिर्गाैला र पित्ताशयको थैलीको समस्या: कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।
४) छाला ड-ढ्ने: हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनब-र्नको समस्या पनि हुन सक्छ ।
५) डिहाइड्रेसन: कागती पानी पिउनाले बारम्बार पि-साब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।
६) दाँत झन्झनाउने: कागतीमा हुने सिट्रस ए-सिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउनु छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झ-नाहट हुने समस्या हुन सक्छ ।
प्रतिक्रिया