काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । ८ खम्बे विकासको मोडलसहित डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उनले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गरेकी छन् ।
उनको आठ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन् ।
हेर्नुहोस् उनको घोषणापत्रको पूर्णपाठ -
प्रतिक्रिया