×

कालीकोटमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु

images

काठमाडौं । कालीकोटमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–११, जिम्जेडी बस्ने ४० वर्षीय अमराज शाहीको भरुवा बन्दुक पड्कँदा मृत्यु भएको हो ।

सोही ठाउँस्थित मखडा भन्ने लेकमा सिकार खेल्न गएको अवस्थामा शाहीले बोकेको भरुवा बन्दुक पड्किएर आफैँलाई गोली लाग्दा घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल मान्मतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ४३ वर्षीय गोकुल शाहीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

मङ्गलबार १ चैत २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया