‘युरेनियम’ कारोबार गरेको आरोपमा बौद्धबाट ६ जना पक्राउ (३ किलो युरेनियम जस्तो धातु बरामद)

    images

      काठमाडौं । काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।

       

      आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, प्रयोगशालामा परीक्षण गर्न पठाउँछौं ।’

      थप मानिस पक्राउ गर्न बाँकी रहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । २०७७ फागुनमा पनि प्रहरीले बौद्धबाट २केजी युरेनियम जस्तो धातु सहित ४ जनालाई पक्राउ गरेको थियो ।

       

      मङ्गलबार ३ फागुन २०७८ ०३:४० PM मा प्रकाशित

      प्रतिक्रिया