विश्वको यस्तो डरलाग्दो आइल्याण्ड, जहाँ पुगेका मानिस जीवित फर्कदैनन्

    images

        विश्वमा केही त्यस्ता ठाउँहरु पनि छन् जो साच्चीकै डरलाग्दा हुन्छन् । संसारमा रहेको एउटा डरलाग्दो टापु इटालीमा पनि छ ।

      संसारका ती ठाउँहरु यति डरलाग्दा र खतरनाक हुन्छन् की त्यहाँ गईसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कमै मात्र हुन्छ ।

      आइल्याण्ड अफ डेड भनेर चिनिने प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो ।

      तर, उक्त अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले प्रायः केही असामान्य चिजहरु देख्न थालेपछि त्रासका कारण अस्पताल नै बन्द गर्नुपरेको थियो । केही वर्षसम्म उक्त अस्पताल बन्द नै रह्यो ।

      अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बेचिदियो । उक्त टापु किनेर केही मानिस आफ्नो परिवारसहित टापुमा बस्न थाले ।

      एक दिन उक्त टापुका मालिककी छोरीको मुखमा कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनुपर्‍यो ।

      त्यसपछि उक्त टापुमा यस्ता अनौठा र अचम्मका घटना भई नै रहे । डरलाग्दा तथा रहस्यमय घटना भई रहेपछि सरकारले उक्त टापुमा जान प्रतिबन्ध नै लगायो ।

      १२० वर्ष पहिले उत्त टापुको प्रयोग प्लेगबाट ग्रस्त मानिसहरुको गरिन्थ्यो । अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् भनेर प्लेगरोगीलाई त्यहाँ लगेर छाडिन्थ्यो ।

      त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरिएको थियो ।

      रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।

      रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ ।

      मङ्गलबार ३ फागुन २०७८ ०१:५३ PM मा प्रकाशित

      प्रतिक्रिया