×

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक ७ गतेका लागि बोलाइयो

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादी० ले यही फागुन ७ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल बैठक बोलाइएको हो ।

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार उक्त बैठकमा एमसिसी, प्रधानन्यायाधीश विरुद्धको महाभियोग तथा आगामी वैशाखमा तय गरिएको स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल हुनेछ ।

सरकारले भोलि बुधबार नै एमसीसी संसदमा टेबुल गर्ने तयारी थालेको बताइएको छ । यसका लागि आज पनि सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका थिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सत्ता गठबन्धनकै सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

मङ्गलबार ३ फागुन २०७८ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया