×

प्रधानसेनापति शर्मा र यूएईका राजदूतबीच भेटवार्ता

images

  काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा र यूएईका राजदूत  सईद हमदान अल नाक्बीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार प्रधानसेनापति शर्मा र राजदूत नाक्बीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

 प्रधानसेनापति शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 

सोमबार २ फागुन २०७८ ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया