२८ राजनीतिक दलले बनाएको स्थानीय निर्वाचन चुनाव चिह्न संघर्ष समितिले सोमवार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
समितिको प्रतिनिधि मण्डलले आयोगका अध्यक्ष टोपबहादुर मगरसहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।
स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानूनी व्यवस्था विभेदकारी भएको र यसले नागरिक हक अधिकारको समेत उपेक्षा गरेको भन्दै संघर्ष समितिले आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष मगरले संघर्ष समितिले बुझाएको ज्ञापन पत्रको थप अध्ययन गरी आयोगको अधिकार क्षेत्रभित्र रहेर निर्वाचन आयोग र नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने बारेमा उपयुक्त निर्णय गर्ने बताएका छन् ।
यी हुन् संघर्ष समितिमा रहेका २८ राजनीतिक दल
प्रतिक्रिया