काठमाडौँ : पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने उनले जानकारी दिए ।
प्रतिक्रिया