ठूलो परिमाणमा गाँजासहित तीन युवा पक्राउ

    images

      काठमाडौं । प्रहरीले गाँजा, पिकअपका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका—१६ बस्ने वर्ष २९ को बुद्धिमान बाइबा, पिकअप गाडीमा सवार वर्ष २९ को अर्जुन स्याङ्तान र वर्ष ३० को विनोद पाख्रिनसहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार सापकोटाले बताए । १०/१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए ।

      इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोली आइतबार बिहानै सवारी साधनहरुको जाँच गर्न मनहरी—चैनपुर सडक खण्डमा बसेका थिए ।

      पिकअपमा रातारात गाँजा लोड गरेर मनहरी बजार हुँदै हैटौंडातर्फ लैजान लागेका थिए ।

       

      आइतबार​ २९ फागुन २०७८ ०४:५५ PM मा प्रकाशित

      प्रतिक्रिया