×

ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता भेटवार्ता

images

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहसँग भेटवार्ता गरेका छन् ।

राजदूत हैदरले ओली निवास बालकोटमा भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा नेपाल र पाकिस्तानको सम्बन्धलगायत समसामयिक विषयमा चर्चा भएको बताइएको छ । 

सो अवसरमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको, सार्कलाई थप उचाइमा पुर्‍याएको तथा ‘पाकिस्तानको मित्र’का रूपमा नेपाल(पाकिस्तान सम्बन्धमा आगामी दिनमा निरन्तर योगदान दिने विश्वास व्यक्त गरे । 

ओलीले राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

आइतबार​ १ फागुन २०७८ ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया