×

चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

images

काठमाडौँ : प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ । –––

आइतबार​ १ फागुन २०७८ ०४:४६ PM मा प्रकाशित

प्रतिक्रिया