वाणिज्य बैंकहरुले फागुन महिनाको लागि अधिकतम ११.०३ प्रतिशत बढाए ब्याजदर

    images

      वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन् । माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

      सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ । नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका छन् । 

      गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो ।

       

      शनिबार २९ माघ २०७८ ०१:१३ PM मा प्रकाशित

      प्रतिक्रिया