×

संवैधानिक इजलास : गिरीबन्धु टि स्टेटसहित ११ मुद्दाको पेसी तोकियो

images

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा ११ मुद्दाको पेसी तोकेको छ। सर्वोच्चले गिरीबन्धु टि स्टेटलगायतको मुद्दामा पेसी तोकेको हो। शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले वरिष्ठताका आधारमा इजलास गठन गरेका छन्। इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हालाई समावेश गरिएको छ।

संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा हाल निलम्बनमा छन्। जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा पाँच महिनाभन्दा बढी समयसम्म इजलास बस्न सकेको थिएन। पाँच महिनापछि शुक्रबार तेस्रोपटक इजलास बसेको हो। १३ असोजपछि गत शुक्रबार पहिलोपटक इजलास बसेको थियो।

शुक्रबार​ २७ फागुन २०७८ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया