ओलीको कटाक्ष : परमादेशीहरू आलोचनात्मक चेत भएका हुने भए !

    images

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको विरोध नहुँदा एकपक्षीय भएको भन्दै मिडियामा टिप्पणी हुने गरेको बताएका छन् । 

      प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘खोइ त केपी ओलीको विरोध खोइ ? एमालेको विरोध खोइ ? यो त एकपक्षीय भयो । यसखालका बाैद्धिक बिकाउ प्रवृत्तिबाट तपाईंहरू जोगिनुपर्छ ।’

      साथै, उनले परमादेशीहरू चाँहि आलोचनात्मक चेत भएको हुने भए भन्दै कटाक्ष गरे । 

      गठबन्धनका दलहरूप्रति कटाक्ष गर्दै ओलीले भने, ‘अलिकति आलोचनात्मक चेत भएका भन्ने अहिले निकालेका छन् । आलोचनात्मक चेत भएका भनेको एमालेको विरोध गर्नुपर्ने । एमालेको विरोध गर्ने परमादेशीहरू आलोचनात्मक चेत भएका हुने भए । चुच्चे नक्सा छापेको विरोध गर्नेहरू आलोचनात्मक चेत भएका, धरहरा बनेकोमा टाउको दुख्नेहरू आलोचनात्मक चेत भएका हुने भए।’

      उनले आफ्नो पार्टी निकट पत्रकारहरूलाई निर्देशन दिँदै भने, ‘यसखालका बाैद्धिक बिकाउ प्रवृत्तिबाट तपाईंहरू जोगिनुपर्छ । आफैं भ्रममुक्त हुनुभयो भने मात्र अरूलाई भ्रममुक्त बनाउन सक्नुहुन्छ ।’

      शुक्रबार​ २७ फागुन २०७८ ०३:५२ PM मा प्रकाशित

      प्रतिक्रिया