माधव नेपालको पार्टीसँग कुनै तालमेल र एकता हुँदैन : ओली

    images

      एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पस्ट पारेका छन् । 

      शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालसँग कुनै तालमेल र पार्टी एकता नहुने बताएका हुन् ।

      उनले एमाले एक्लै चुनाव लड्ने पनि बताए । ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ’, ओलीको भनाइ छ । उनले चुनावी तालमेल नगर्ने भन्दै अघि भने, ‘हाम्रो पार्टी फुटाउने, सरकार गिराउने, जालझेल, षडयन्त्र र तिकड्म गर्ने तत्वहरुसँग कुनै चुनावी तालमेल र पार्टी एकता हुँदैन । भ्रम नराखे हुन्छ । उनीहरुलाई नो इन्ट्री ।’

       

      शुक्रबार​ २८ माघ २०७८ ०२:१९ PM मा प्रकाशित

      प्रतिक्रिया