अमेरिकी युद्धक विमान दुर्घटनाग्रस्त, मिराग एफ१ विमान पुरै नष्ट

    images

      एरोजिना। अमेरिकाको एरिजोना राज्यमा अमेरिकी सेनाको एक युद्धक विमान दुर्घटनाग्रस्त बनेको छ।

      बिहीबार अभ्यासका क्रममा मिराग एफ१ युद्धक विमान दुर्घटनामा परेर पूर्ण रुपमा नष्ट भएको मिलिटेरी डटकमले जनाएको छ।


      सेनाका अनुसार सैन्य पाइलटलाई भने कुनै क्षति पुगेको छैन। विमान दुर्घटनामा पर्नासाथ उनी इजेक्ट भएको बताइएको छ।

      सनसिटी फेस्टिबल क्षेत्र नजिकै विमान दुर्घटनामा परेको हो। स्थानीयका अनुसार विमान खस्दा आगोको डल्लो जस्तो देखिएको थियो।

        शुक्रबार​ २८ माघ २०७८ ०३:५१ PM मा प्रकाशित

        प्रतिक्रिया