कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

    images

      काठमाडौं   नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

      पार्टीको केन्द्रीय कार्यालयमा बैठक चलिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए ।

      हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समयावधि सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरूको अधिवेशनका सम्बन्धमा छलफल भइरहेको छ ।

      त्यस्तै, स्थानीय तहको चुनावको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ ।

      पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा बैठक आजै सकिने होइन भने भोलिसम्म लम्बिन सक्ने उनले बताए ।

      यसअघि, बिहीबारको बैठकमा एमसीसीलगायत विषयमा छलफल गरेको थियो । त्यस्तै, चुनावको तयारीका लागि समितिहरू पनि गठन गरिएको थियो ।

       

      शुक्रबार​ २८ माघ २०७८ ०४:४८ PM मा प्रकाशित

      प्रतिक्रिया