वडादेखि स्थानीय तहको उपाध्यक्ष÷उपमेयर र अध्यक्ष÷मेयरमा उम्मेदवार सिफारिस गर्दा रकम उठाइएको सार्वजनिक भएपछि नेपाली कांग्रेसले त्यसरी रकम नउठाउन सर्कुलर गरेको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार सबै प्रदेश कार्यसमितिमार्फत सबै जिल्ला कार्यसमितिलाई सर्कुलर पठाउँदै उम्मेदवार सिफारिस गर्दा कुनै पनि किसिमको रकम नउठाउन निर्देशन दिएका छन् ।
विभिन्न जिल्लाबाट पार्टीका विभिन्न तहका कार्यसमितिले उम्मेदवार सिफारिस गर्दा रकम उठाएको जानकारी आएको भन्दै त्यस्तो रकम उठाउनु पार्टीको विधानविपरीत भएको सर्कुलरमा भनिएको छ ।
पार्टीका क्रियाशील सदस्य तथा कुनै लाभका पदमा रहेका व्यक्तिले दिनुपर्ने शुल्कबाहेक अन्य कुनै पनि रकम लिन नपाइने सर्कुलरमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया