सुनको सिक्री चोरी गरी भाग्दै गरेका दुईजना पक्राउ

    images

      बर्दिया । प्रहरीले सुनको सिक्री चोरी गरी भाग्दै गरेका दुईजनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका-२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

      बढैयाताल गाउँपालिका-८ शितलाबजारमा सोही गाउँपालिका-८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

      पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

       

      बिहीबार २६ फागुन २०७८ १२:४३ PM मा प्रकाशित

      प्रतिक्रिया