भारतको उत्तर प्रदेशमा विधान सभा मतदान शुरू

    images

      काठमाडौँ। भारतको उत्तर प्रदेशमा विधान सभाको मतदान शुरू भएको छ । त्यहाँका ११ जिल्लाका ५८ वटा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

      भारतीय निर्वाचन आयोगकाअनुसार कोभिड मापदण्ड पालना गर्दै बिहीबार बिहान सात बजेदेखि मतदान शुरू भएको छ ।चुनावमा ७३ जना महिलासहित ६२३ उम्मेदवार उठेका छन् ।

      मतदान सात चरणमा हुने छ । अन्तिम मतदान मार्च ७ मा हुनेछ ।  पहिलो चरणमा २ करोड २७ लाख मानिसले मतदान गर्ने जनाइएको छ । उत्तर प्रदेशको जनसङ्ख्या २० करोड छ । मतगणना  मार्च १० तारिखदेखि  सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


       

      बिहीबार २७ माघ २०७८ ०१:०० PM मा प्रकाशित

      प्रतिक्रिया