×

भ्यालेन्टाइन्समा प्रेमी-प्रेमिकालाई कसरी उपहार दिने

images

काठमाडौँ  |विश्वभरका प्रेमी(प्रेमिकाहरूका लागि १४ फ्रेबुअरी विशेष दिन हो, यही दिन विश्वभर प्रेमी(प्रेमिका एक अर्कालाई खुसी बनाउन चाहन्छन्, उपहार दिएर यो दिनलाई विशेष बनाउन खोज्छन् ।

नेपालमा पनि पछिल्ला वर्षमा भ्यालेन्टाइन्स डेको विशेष महत्त्व रहँदै आएको छ । नेपालमा पनि यो दिन प्रेम उत्सवकै रूपमा लिइएको हुन्छ, प्रेमी(प्रेमिकाहरू एकअर्कालाई यो दिन पनि विशेष उपहार दिएर रमाइलो गरिरहेका हुन्छन् ।

झन् आजभोलि त भ्यालेन्टाइन्स डे मात्र होइन, भ्यालेन्टाइन्स विक नै पनि मनाउन थालिएको छ । अनि यही प्रेमको उत्सवलाई मध्यनजर गर्दै नेपालमा सबैभन्दा राम्रा मध्येको एक ग्यापु अनलाइनले विशेष प्याकेज ल्याएको छ ।

‘लभ बर्ड्सहरूलाई सरप्राइज दिन हामीले विशेष प्याकेज ल्याएका हौँ’, ग्यापुका व्यापार प्रमुख अभिमन्यु शर्मा भन्छन्, ‘हामीले भ्यालेन्टाइन्स डेका लागि मात्र होइन, भ्यालेन्टाइन्स विकका लागि नै लक्षित गरेर प्याकेज ल्याएका छौँ ।’


रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे र भ्यालेन्टाइन्स डेकै लागि स्पेसल प्याकेज बनाएको ग्यापुले यसपटक लभ बर्ड्सहरूलाई अप्रत्याशित रूपमा डेलिभरी गर्ने प्याकेज ल्याएको छ । 

‘हामीले भ्यालेन्टाइन्स विकमा एक दिन प्रेमी तथा प्रेमिकाका लागि अर्डर गरेपछि सात दिन सरप्राइज डेलिभरी गर्ने प्याकेज ल्याएका हौँ,’ शर्माले फरकधारसँग भने ।

समय र परिस्थिति, भविष्य र करिअरका कारण प्रेमी तथा प्रेमिका एउटै सहरमा नहुन सक्छन्, एउटै ठाउँमा नहुन सक्छन् । भर्चुअल्ली कनेक्सन हुने त एउटा कुरा तर भौतिक रूपमा टाढा भए पनि माया चाहिँ उत्ति नै हुन्छ । यहीबीच ग्यापुले उनीहरूलाई विशेष प्याकेज ल्याएको हो ।

‘जो कोहीले पनि भ्यालेन्टाइन्स विकको लागि अर्डर गर्नुभयो भने हामीले पहिलो दिन गुलाबका फूल, दोस्रो दिन प्रपोजका स्पेसल गिफ्ट, तेस्रो दिन स्पेसल चकलेटहरूसहित सातै दिन एउटै अर्डरमा हामीले विभिन्न सामान डेलिभर गर्छौँ,’ शर्मा भन्छन्, ‘यो हामीले अनलाइन सपिङमा ल्याएको नयाँ कन्सेप्ट हो ।’

भ्यालेन्टाइन्स विकका लागि ग्यापु अनलाइनले स्पेसल सामग्रीहरू समेत राखेको छ । पर्फ्यूम, किताब, घडी, चकलेट, विभिन्न गिफ्ट, फूलहरू, पेय पदार्थहरू, केकलगायतका सामानहरू ग्यापुले यो विकका लागि विशेष प्राथमिकतामा राखेको छ । 

प्रेमी तथा प्रेमिकालाई उपहार दिन चाहनेका लागि ग्यापुको सपिङ थप सहज किन पनि छ भने विदेशका सबै कार्डहरू पनि ग्यापुमा ‘एसेप्टेड’ छन् । त्यसमाथि अनलाइन सपिङमा ग्यापुको विशेष योजना छ, विशेष योगदान पनि छ । 

कोरोनाभाइरसका कारण काठमाडौं तथा नेपालभर लकडाउन हुँदा ग्यापुले खाद्यान्न डेलिभरीमा गरेको प्रयासलाई त्यति बेला पनि निकै प्रशंसा गरिएको थियो । 

त्यही समयमा सुरु भएको ग्यापुले अहिले पनि नेपालभर ग्रोसरी, पेय पदार्थ, इलेक्ट्रोनिक सामाग्री, फेसनका सामग्री, घरायसी सम्पूर्ण सामाग्रीहरु, मेकअप तथा स्वास्थ्य सामग्रीहरूदेखि दुई पांग्रे वा चार पांग्रे सवारी साधनहरू समेत अनलाइनबाट किन्न सहज बनाएको छ ।

यतिमात्र होइन, ग्यापुबाट किताबदेखि बालबालिकालाई आवश्यक सामानहरू पनि किन्न सकिन्छ ।

‘हामीसँग सामान मात्र होइन, विश्वास र अनुभव पनि सँगसँगै छ,’ शर्मा भन्छन्, ‘ग्यापुबाट सामान किन्नुभएका ग्राहकहरूले हामीप्रति देखाउनु भएको विश्वास र सन्तुष्टि निकै अर्थपूर्ण छ ।’

यही विश्वास र भरोसाका कारण ग्यापु छिट्टै अन्तर्राष्ट्रिय रूपमा फैलिँदै पनि छ । 

‘हामीले निकट भविष्यमा भारत र भियतनाममा पनि सेवा सुरु गर्ने योजना बनाएका छौँ’, शर्माले भने ।

बिहीबार २७ माघ २०७८ ०१:२२ PM मा प्रकाशित

प्रतिक्रिया