×

राष्ट्रिय बीमा कम्पनीको नाफा ४१।४२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी रु।१४५।७५

images

काठमाडौँ : राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

images

चुनावका लागि १० अर्ब बजेट: अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताए।  चालु आर्थिक वर्ष ९२०७८र०७९० को बजेट अर्धवार्षिक स...

सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा ४१।४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ०।०९ प्रतिशतले बढेर १२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ९ करोड ९५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोड ५६ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४५ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३१७ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात २५८।११ गुणा रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले १४ हजार ८५९ वटा बीमालेख जारी गरी ५९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले एक हजार १९३ वटा दाबी वापत २३ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

बिहीबार २७ माघ २०७८ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया