×

महारानी एलिजाबेथ : कर्तव्यभावले ओतप्रोत एक लामो जीवन

images

काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ।

ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उनी धेरैका लागि एउटा स्थायी बिन्दु बनिन्। अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न उनले हासिल गरेको सफलता अझ उल्लेखनीय छ।

एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन्। उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् ुड्यूक अफ योर्कु अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।

एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो र उनीहरु मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए। एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाचौँसँग अत्यन्तै निकट थिइन्।

छ वर्षको उमेरमा एलिजाबेथले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी 'कन्ट्री लेडी' बन्न चाहेको बताएकी थिइन्। निकै कलिलो उमेरदेखि उनले उल्लेखनीय जिम्मेवारीबोध देखाएको बताइन्थ्यो।

त्यति बेलाका भावी प्रधानमन्त्री विन्स्टन चर्चिललाई उद्धृत गर्दै उनमा ुएउटा बच्चामा अनौठो लाग्ने नेतृत्व क्षमता देखिएकोु बताउने गरिन्थ्यो। विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता देखाएकी थिइन् र संवैधानिक इतिहासको विस्तृत अध्ययन गरेकी थिइन्।

उनी आफ्नो उमेरका बालिकाहरूसँग घुलमिल होऊन् भनेर उनीहरूको एउटा विशेष समूह ुगर्ल गाइडस् कम्पनीु बनाइएको थियो। सन् १९३६ मा जोर्ज पाचौँको निधनपछि डेभिड नामका उनका जेठा छोरा एडवर्ड आठौँ भए।

तर दुईपल्ट छोडपत्र गरिसकेकी अमेरिकी वालिस सिम्पसनलाई उनले पत्नीका रूपमा रोजपछि त्यसलाई राजनीतिक र धार्मिक आधारमा अस्वीकार्य ठानियो। वर्षको अन्त्यमा उनलाई गद्दीच्युत गरियो। अनिच्छुक हुँदाहुँदै ड्यूक अफ योर्क राजा जोर्ज छैटौँ बने।

उनको गद्दीआरोहणले एलिथाबेथलाई आउँदा दिनहरूमा आफ्नो भाग्यमा के थियो भन्ने पूर्वानुभव गराएको थियो र पछि उनले त्यो अवसर ुअसाध्यै अद्भुतु भएको लेखेकी थिइन्।

युरोपमा बढ्दो तनावको पृष्ठभूमिमा आफ्नी पत्नी((रानी एलिजाबेथसँगै नयाँ राजा राजतन्त्रमा जनआस्था पुनर्स्थापित गराउने अभियानमा लागेका थिए।

त्यो उदाहरण उनीहरूकी ठूली छोरीको हकमा पनि खेर गएन। सन् १९३९ मा १३ वर्षीया राजकुमारी राजा र रानीसँगै डार्टमथस्थित रोयल नेभल कलेज पुगिन्।

आफ्नी बहिनी मार्गरेटसँगै उनलाई उक्त कलेजमा अध्ययरनत मध्येका एक ग्रीसका राजकुमार फिलिपले साथ दिएका थिए। अन्तत ः यो जोडीको इच्छाले जित हात पार्‍यो र १९४७ नोभेम्बर २० मा ुवेस्टमिनस्टर याबीुमा उनीहरूले विवाह गरे।

फिलिप ुड्यूक अफ एडिनबराु भए तर उनले नौसैनामा कार्यरत हुन छाडेनन्। कम्तीमा छोटै समय भए पनि माल्टामा गरिएको सरुवाले नवजोडीलाई तुलनात्मक रूपमा सामान्य जीवन जिउन मद्दत गर्‍यो।

उनीहरुको पहिलो सन्तान चार्ल्सको सन् १९४८ मा जन्म भयो। सन् १९५० मा चार्ल्सकी बहिनी यान जन्मिइन्।युद्धका वर्षहरूको तनाव झेलिरहेका राजा आफ्नो धूमपान गर्ने बानीले गर्दा फोक्सोको क्यान्सरले निकै थलिए।

सन् १९५२ जनवरीमा २५ वर्षीया एलिजाबेथ र फिलिप आफ्नो विदेश यात्रामा निस्किए। चिकित्सकहरूको सल्लाहको विपरीत राजा यो दम्पत्तीलाई बिदा गर्न विमानस्थल पुगे।

त्यो नै एलिजाबेथका लागि आफ्ना पितालाई अन्तिम पटक देख्ने घटना भयो। केन्यामा रहेका बेला एलिजावेथले आफ्ना पिताको निधनको खबर सुनिन् र नयाँ महारानीका रूपमा तुरुन्तै लन्डन फर्किन्। उनले पछि त्यो क्षणको सम्झना गर्ने गर्थिन्।

ूएक प्रकारले भन्दा मलाई कुनै अनुभव थिएन। मेरा पिता कम उमेरमै बित्नुभयो। त्यसैले यो जिम्मेवारी लिनु र आफूले सक्दो राम्रो गरी निर्वाह गर्नु एक किसिमले अचानक जस्तै थियोू।

एउटा जटिल क्षेत्र भनेको राष्ट्रमण्डलप्रति रानीको भक्ति थियो जसको प्रमुख उनी थिइन्। एलिजाबेथ अफ्रिकाका नेताहरुसँग राम्ररी परिचित थिइन् र उनीहरुको उद्देश्यप्रति सहानुभूति राख्थिन्।

उनले थ्याचरको शैली ुबुझ्न नसकिने खालकोु रहेको पाएको बताइन्छ-रङ्गभेदी दक्षिण अफ्रिकाविरुद्ध प्रतिबन्ध लगाउने विपक्षमा प्रधानमन्त्री उभिएको विषयमात्रै होइन अरू थुप्रै पक्षमा पनि। वर्षैपिच्छे रानीका सार्वजनिक दायित्वहरुले निरन्तरता पाए।

सन् १९९१ को खाडीयुद्धपछि उनी अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्ने पहिलो ब्रिटिश शाही सदस्य भइन्। राष्ट्रपति जर्ज बुसले उनी आफूहरूले 'सम्झन सकेसम्मको अवधिदेखिकै स्वतन्त्रताको मित्र' भएको बताए।

तथापि एक वर्षपछि शृङ्खलाबद्ध विवाद र दुर्घटनाहरूले शाही परिवारलाई प्रभावित तुल्यायो। रानीको दोस्रा छोरा ुड्युक अफ योर्कु र उनकी पत्नी सारह छुट्टिए। मार्क फिलिप्ससँग राजकुमारी यानको विवाह पनि सम्बन्धविच्छेदमा टुङ्गियो।

त्यति बेलाका वेल्सका राजकुमार र राजकुमारी पनि एकअर्कासँग अत्यन्तै बेखुशी रहेको खुलासा भयो र अन्ततस् उनीहरू पनि छुट्टिए। वर्षको अन्त्यतिर रानीको प्यारो बासस्थान 'विन्डसोर क्यासल'मा भीषण आगलागी भयो।

त्यो अप्ठ्यारोमा परेको राजदरबारको प्रतीक जस्तो देखिन्थ्यो। मर्मतका लागि करदाता वा रानी स्वयंले खर्च बेहोर्ने भन्ने विषयमा चर्किएको विवादले अवस्था थप जटिल बनायो।

रानीले सन् १९९२ लाई आफ्ना लागि 'दुर्भाग्यले भरिएको वर्ष' का रुपमा व्याख्या गरिन्। सिटी अफ लन्डनमा गरेको आफ्नो सम्बोधनमा उनले कम आलोचक सञ्चारमाध्यमको बदलामा थप खुला राजतन्त्रको आवश्यकतामा जोड दिइन्।

'कुनै पनि संस्था, शहर, राजतन्त्र कसैले पनि आफूप्रति निष्ठावान र आफूलाई समर्थन गर्नेहरुको समीक्षाबाट मुक्त हुन्छु भनेर अपेक्षा गर्नुहुन्न। हामी सबै राष्ट्रिय समाजको एउटै धागोको अंश हौँ। भद्रता, हास्य रस र समझदारी अपनाइयो भने समीक्षा थप प्रभावकारी हुनेछ।'

राजतन्त्र एकदमै रक्षात्मक अवस्थामा थियो। विन्डसोरको मर्मतसम्भारका लागि पैसा जुटाउन बकिङ्गम राजदरबार सर्वसाधारणका लागि खुला गरियो र महारानी र वेल्सका राजकुमारले लगानीको आम्दानीमा कर तिर्ने घोषणा गरियो।

देशबाहिर चाहिँ एलिजाबेथको शुरूवाती शासनकालमा राष्ट्रमण्डलका लागि देखिएको आशा पूरा हुन सकेन। युरोपमा नयाँ व्यवस्थासँगै ब्रिटेनले आफ्ना पुराना सहयात्रीहरूलाई ढाड फर्कायो। रानीले तैपनि राष्ट्रमण्डलको महत्त्व देखेकी थिइन्।

दक्षिण अफ्रिकाले रङ्गभेदी प्रणाली अन्त्य गर्दा रानी अत्यन्तै कृतज्ञ थिइन्। त्यो कृतज्ञता उनले सन् १९९५ को मार्चमा त्यहाँ भ्रमण गरेर दर्शाइन्।देशभित्र राजसंस्थाको कुनै भविष्य रहेको वा नरहेको भन्नेबारे सार्वजनिक बहस भइरहँदा रानीले राजतन्त्रको प्रतिष्ठा कायमै राख्ने प्रयास गरिन्। बीबीसी

शुक्रबार​ २४ भदौ २०७९ ०८:३६ AM मा प्रकाशित

प्रतिक्रिया