स्रोत नखुलेको ६९ लाख ९९ हजारसहित नुवाकोटका नवराज पक्राउ

    images

      काठमाडौँ ( काठमाडौं महानगरपालिका(१६ बालाजु बाईपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । 

       नुवाकोट ककनी गाउँपालिका(३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

      विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
       

      बुधबार २६ माघ २०७८ १२:३३ PM मा प्रकाशित

      प्रतिक्रिया