एसीसीको बिरोध गर्दै काठमाडौंमा ७ दलको प्रदर्शन, ठूलो संख्यामा प्रहरी परिचालन

    images

      काठमाडौं । सात राजनीतिक दलहरुले एमसीसीको बिरोध गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

      बुधबार दिउँसो माइतिघरमा भेला भएर विभिन्न सात राजनीतिक दलले संयुक्त रुपमा एमसीसीको बिरोध गरेका हुन् ।

      बिरोध कार्यक्रममा ‘एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गरौं’ भन्दै नारा लगाइएको थियो ।

      नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी)ले संयुक्त रुपमा एमसीसीको बिरोध कार्यक्र गरेका हुन् ।

      बिरोध प्रदर्शन कार्यक्रम माइतिघरबाट सुरु भएर नयाँ बानेश्वर सम्म पुगेको छ । प्रदर्शनकारीहरुको सँगसँगै नेपाल प्रहरी र सशस्त्र प्रहहरु पनि ठूलो संख्यामा परिचालन गरिएको छ ।

      नेपालमा एमसीसीको विषय पेचिलो बन्दै गएको छ । एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न सकेको छैन ।

      बुधबार २६ माघ २०७८ ०१:३० PM मा प्रकाशित

      प्रतिक्रिया