२४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

    images

      काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । 
      स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 


      यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । 
      मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ । 


      यसैबीच मन्त्रालयले पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ । 
       

      बुधबार २६ माघ २०७८ ०४:५७ PM मा प्रकाशित

      प्रतिक्रिया