भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु

    images

      एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

      सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् ।

      सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ ।

      नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ ।

      सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

      यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ ।

      बुधबार २६ माघ २०७८ ०१:३३ PM मा प्रकाशित

      प्रतिक्रिया