×

पशुपति क्षेत्रमा आजदेखि तीन दिनसम्म हरिसिद्धिको नाच देखाइँदै

images

काठमाडौं । पशुपति क्षेत्रमा आजदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र धार्मिक महत्त्वको हरिसिद्धिको नाच प्रदर्शन हुँदैछ ।

श्री हरिसिद्धि नाच मूल समितिले तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ ।जात्राका लागि हरिसिद्धि मन्दिरमा रहेको ललितपुर महानगरपालिका वडा नं २८ बाट एक सय जना देवगण आउने छन् ।

देवगणलाई चावहिलको एक पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलिप वैद्यले जानकारी दिए । हरिसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो ।

११३३ सालमा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताए । अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो । जसलाई राजा प्रताप मल्लले फेरि सुरु गरेका हुन् ।

शुक्रबार​ २५ चैत २०७८ ०१:३९ PM मा प्रकाशित

प्रतिक्रिया