मलामी बोकेको जीप दुर्घटना, १२ जना घाइते

    images

      पोखरा । कास्कीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नं। ६ भिँडाबारीमा जीप दुर्घटना भएको हो । 

      अनन्त ठाँटीबाट मलामी बोकेर आउँदै गरेको ग१ज ६५१० नम्बरको जीप आज दिउसो सडकमा अनियन्त्रित भएर पल्टिएको थियो ।

      दुर्घटनामा घाइते भएका १२ जनालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।

      मङ्गलबार २५ माघ २०७८ ०५:२९ PM मा प्रकाशित

      प्रतिक्रिया