×

बागलुङका किसानलाई रोपाइँको चटारो

images

असार तेस्रो सातासम्ममा यहाँ ६० प्रतिशत रोपाइँ सकिएको छ । वर्षा भइरहे यसै महिनाभित्रमा अधिकांश भेगमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “छ हजार हेक्टरमा धानखेती हुने गरेकामा अहिलेसम्म तीन हजार ६०० हेक्टरमा रोपाइँ भइसकेको छ”, केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “ किसान रोपाइँको चटारोमा छन्, मनसुनले पनि साथ दिएको छ ।”

मकैबाली लगाइने खेतमा भने रोपाइँ केही ढिलो हुने गरेको उहाँको भनाइ छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवाफाँट, चिसापानी, ब्राहमुरी, आँगाखेतलगायतका ठाउँमा जेठमै रोपाइँ सकिएको थियो ।

ती ठाउँमा बाह्रैमास सिँचाइ सुविधा पुगेको र खोला आसपासमा खेत भएका कारण रोपाइँ छिटो गरिएको हो । त्यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, ग्वालीचौर, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैतेधान लगाइन्छ । “यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, उहाँले भन्नुभयो, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।” परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उहाँको भनाइ छ ।

उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बिज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताउनुभयो । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धानखेती हुँदै आएको छ । यहाँका किसानले स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठोबुढो, सुक्खा–१, २, ३ लगायत उन्नत धानको खेती गर्दै आएका छन् ।जनताका हितमा सङ्घीयता आवश्यकः मन्त्री श्रेष्ठ
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताकोे हित र संरक्षणका लागि सङ्घीयता आवश्यक भएको बताउनुभएको छ।नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको आज भएको ‘चौथो दक्षिण एशियाको सार्वजनिक नीति तथा शासन’ विषयक दुई दिने सम्मेलन शुभारम्भ गर्दै उहाँले नागरिकलाई सहज,सुलभ तथा प्रभावकारी सेवा प्रदान गर्न  सङ्घीयता आवश्यक रहेको बताउनुभएको हो ।  मन्त्री श्रेष्ठले भन्नुभयो, “नागरिकको मौलिक हक प्रत्याभूत गर्नाका साथै मुलुकले आफ्नो कार्यक्षमता विस्तार गर्न पनि सङ्घीयताको आवश्यकता रहन्छ ।” 
सङ्घीय शासन व्यवस्थालाई संस्थागत गरी नागरिकका आकाङ्क्षा पूरा गर्न तथा राष्ट्रको विकासका लागि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयमा समेत बृहत् छलफल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो  ।

प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनालले मुलुकमा राजनीतिकका साथै प्रशासनिक तथा जनताको हितमा के–कस्ता काम भइरहेका छन् सो विषयमा विज्ञबीच छलफल गरी जानकारी लिनुपर्नमा जोड दिनुभयोे । उहाँले भन्नुभयो, “अन्य एशियाली मुलुक भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काले सङ्घीयताको अभ्यासमा के–कसरी काम गरिरहेका छन् उनीहरुको अनुभव पनि लिनुपर्छ ।”
कार्यक्रममा मुलुकको सङ्घीय शासन प्रणालीको अभ्यासका लागि नीति निर्माण तथा शासकीय आयाम र पद्धतिका बारेमा छलफल एवं अनुभव आदानप्रदान गरिएको थियो । वेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ । 

कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले  विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताउनुभयो  । 

बिहीबार २३ असार २०७९ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया