सौरमानमा ३६५ दिन र चान्द्रमानमा ३५४ दिनको एकवर्ष हुन्छ । यो कुनै भनाइ मात्र होइन यो त ज्योतिष ग्रन्थहरुमा दिइएका सिद्धान्त नै हुन् । फेरि संस्कृतका ज्ञाताहरुको लागि यो सिद्धान्त लागू नहुने र संस्कृत नजानेकाहरुले मात्र अपनाउने यो सिद्धान्त हो भनेर लेखेको समेत देखापर्न थालेको छ । किनभने संस्कृत जान्नेहरुको नजरमा सौरमानमा ४०० दिन को वर्ष पनि हुनसक्ने र चान्द्रमानमा ३९० दिनको वर्ष हुन सक्ने भनेको सामान्य नियम नै हो भन्ने प्रतिकृयात्मक लेखहरु नै प्रकाशमा आएको देखियो ।
फेरि ४०० दिन हुने सौरमानको वर्ष छ भनेर कहाँ कता कसले बोलेको छ ? भन्नेहरु पनि आउला । कुनै चान्द्रमानको वर्ष चैत्र शुक्ल प्रतिपदा देखि अर्को वर्षको चैत्र शुक्ल प्रतिपदा सम्म जाँदा ३९० दिन पार गर्न सक्छ भनेर मानी लिएको खण्डमा सौरमानमा पनि ४०० दिनका वर्ष हुन आउने अवस्था हुने भएर हो । त्यसमाथि चैत्र शुक्ल प्रतिपदा र वैशाख संक्रान्ति एकै दिन परेको उदाहरण एउटा पनि देखिएको छैन । जुन कुरा सय वर्षको पात्रो थुपारेर पल्टाएर पनि हेर्न सकिने कुरो हो ।
२०६६सालको पंचांग पात्रो देखि २०८० सालको पात्रोहरु यसो केलाएर हेर्दै जाँदा चैत्र शुक्ल प्रतिपदा देखि वैशाख संक्रान्ति सम्म पुग्न कतिकति दिनको फरक देखिंदो रहेछ हेर्दै गर्दा बढीमा २९, २७, २४, २२, २१ दिन सम्म पनि फरकदूरी रहेको देखियो । हालै गत २०७९ सालको चैत्र शुक्ल प्रतिपदा देखि २०८० सालको वैशाख संक्रान्ति १ गते आउन२२ दिन लागेको उदाहरण त एकदम ताजा नै छ ।
२०७९ सालको चैत्र शुक्ल प्रतिपदा चैत्र ८ गते परेको छ भने २०८० साल वैशाख १ गते आउन २२ दिन लागेको छ । यदि एक चैत्र शुक्ल प्रतिपदा देखि अर्को चैत्र शुक्ल प्रतिपदा आउन ३९० दिन लाग्छ भनियो भने अथवा ३९० तिथि पार हुन सक्छ भनियो भने वैशाख संक्रान्ति १ गते आउन कति दिनको हुने हुन्छ हिसाव पात्रोबाटै देखिने कुरा हो । २०७९ चैत्र ७ गते नै चान्द्रमासको वर्ष ३९० हुने भए चैत्र ८ गते देखि २०८० को वैशाख १ गते सम्म ४०० दिन भन्दा पनि बढी भएको वर्ष हुन पुग्ने भयो । अव विसं २०७९ सालको सौरवर्षमा ४०० दिन भन्दा वढी भएको वर्ष हुन सक्छ भनेर पात्रो नै नहेरी संस्कृत ज्ञाताहरुले पत्यायो भन्दैमा सही कुरो ठहरिने होइन र यो जस्तो वाहियात कुरा अरु कुनै हुन पनि सक्तैन । हो यही कुरा बोध हुन नसकेर विगतमा काल निर्णयको विषयमा भयंकर भूल भइरहेको कुरालाई यहाँ पुनः उजागर गर्दै यो लेख तयार गर्न खोजिएको हो ।
शास्त्र तथा गणना बीचको भनाइ र गराइ
सवैलाई थाहा छ कुनै पनि पंचांग पात्रो प्रकाशित गर्दा पंचांग निर्णायक समितिको सिफारीश बेगर प्रकाशित हुंदैन । ती कुनै पनि पंचांगहरुमा विक्रमसंवत्मा ४०० दिन भएको र शाकेसंवत् भनी चान्द्रवर्षमा दिइएका वर्षहरुमा ३९० दिन भएको एउटा पनि उदाहरण छैन । हजारौं वर्ष अघि देखिको पात्रो थुपारेर हेरियो भने पनि ती बीचमा अधिमास उल्लेख भएका वर्ष सयौंसय हुनसक्छन् । तर अधिमास भएको वर्षमा पनि ३९० दिन भएको वर्ष यो छ भनी देखाउन सकेको छैन । यो विषय संस्कृत जानेको र नजानेको बीचमा हुने अन्तद्र्वन्द होइन ।
अव लिच्छवि संवत्को निर्णयमा पं नयराज पन्तले वेदांग ज्योतिष अनुसार एक सौर वर्षमा ३६६ दिन, १२ सौरमास, ६ ऋतु, २ अयन हुन्छ र पञ्च सिद्धान्तिकाको सूर्य सिद्धान्त अनुसार १ सौर वर्षमा ३६५ दिन १५ घडी ३१पला३० विपला हुने देखिन्छ भनी दिइएको छ । साथै एक चान्द्रवर्षमा २४ पक्ष, ३५४दिन हुन्छन् । १ सावनवर्षमा ३६० दिन हुन्छन् भनेर समेत दिइएको छ । यो कुरा कुन पेज मा लेखिएको छ भन्ने कुरा पुस्तक पल्टाएर हेरेरै थाहा हुन्छ । के अव नयराज पन्त संस्कृत नजानेको हुंदा उनले ३६५ र ३५४ दिनको जिकिर गरेको भन्नु पर्ने खण्ड आएको हो त?
त्यस्तै गरी अर्को कुरा अंशुवर्मा पालाको संवत् ३१ को चाँगुनारायणको अभिलेख लाई अगाडि राखेर हेर्ने वेला बार नक्षत्र सहित उल्लेख भएको अभिलेख हो । यसमा दिइएको तिथि मिति माघ शुक्ल त्रयोदशी आदित्यवार पुष्य नक्षत्र हो । यहाँ संवत् ३१ लाई नै साधन बनाई गणना किन गरिएन ? र यदि संवत् ३१ लाई नै साधन बनाएर गणना गर्दा भक्तपुर इनायचोको अधिमास जोडेर गणना किन गर्न सकिएन ?
जव संवत् ३१ लाई शकसंवत्मा माघ शुक्ल त्रयोदशी भनेको शक ५२९ को माघ शुक्ल त्रयोदशी हो भनी सटही गरी सके पछि त्यही सटही भएको संवत् ५२९को परिधि मा रहनु पर्छ भन्ने कुरा बुझ्नु प¥योनि ।
भनाइको मतलव हामी विदेश जाँदा त्यहाँ नेपाली रुपैया चल्दैन अतः डलर साटेर लानु पर्छ । जहाँ डलर बाहेक अरु चल्दैन त्यहाँ फेरि नेपाली रुपैयाको कुरा निकाल्यो भने के हुन्छ । त्यस्तै झै डलर चल्ने ठाउंमा गएर फेरि नेपाली रुपैया चलाउंछु भन्दैमा पाइने होइन । त्यस्तैगरि जव शक ५२९को घेरामा आएर गणना गर्छन् भने शक ५२९ कै नियम लागु हुने गर्छ भनी बुझ्नु जरुरी छ ।
अव पं नयराज पन्तको लिच्छवि संवत्को निर्णयको पाना पल्टाएर हेरियो भने अधिमास क्षयमास सारणीमा शक ५२९ को वर्षमा अधिमास छ भनेर दिइएको छैन र आकासपाताल जोडेर देखाउन प्रयास गरिए पनि सकिएन किन ? जव डलर चल्ने दुनियाँमा जाने आफुसंग डलर सकियो भन्दैमा नेपाली रुपैया चलाउन खोज्दैमा हुने होइन भनेझैं शक ५२९को दुनियाँमा गइसकेपछि फेरि संवत् ३१को अधिमास लसुक्क जोड्न ल्याउन पाइंदैन । जव यसरी गणना गर्न पाईदैन भनी थाहा हुंदा हुंदै माघ शुक्ल त्रयोदशीको तिथिगण ३१३ मात्र गर्नुपर्नेमा ३४३ गरेर गणना गर्दा त्यो कैफियत तडकारो देखिने भएको हो ।
तव यसले परिणाम के देखायो त भन्दा माघ शुक्ल त्रयोदशी भने कै ३४३ हुन्छ भने माघ शुक्ल त्रयोदशी देखि चैत्र शुक्ल प्रतिपदा आउन अघि सम्मको जम्मा ४७ तिथि जोडे पछि ३४३ +४७ = ३९० तिथि बन्न आउंछ । अव ३९० तिथि भएको वर्ष छ भनी वेदांग ज्योतिषमा किन उल्लेख भएन र पंचसिद्धान्तिकाको सूर्य सिद्धान्तमा किन उल्लेख भएन । यसरी ३९० तिथि देखिन आए पछि वेदांग ज्योतिष र पंचसिद्धान्तिका को सूर्य सिद्धान्तको स्मरण किन गरिएन त्यो उनको दोष हो । अव यो दोष ढाकछोप गरेर छोपिने कुरा होइन । पं नयराज पन्तले आफनै पुस्तक लिच्छविसंवत्को निर्णयमा वेदांग ज्योतिष र पंच सिद्धान्तिका को हवाला पनि दिने र फेरि अर्को तिर त्यही ज्योतिषका सिद्धान्तहरुको विरुद्धमा गई गणना गरिनु भनेको इतिहास माथि गरिएको छलकपट हो ।
अर्को शक ५३०को चैत्र शुक्ल प्रतिपदा र विसं ६६५को वैशाख १ गते एउटै दिन पर्दैन । चैत्र शुक्ल प्रतिपदा देखि वैशाख १ गते आउन १० दिन मात्र लाग्ने भनेर लिइयो भनेपनि विसं ६६४ को वर्षमा ४०० दिनको वर्ष हुने भयो । तर सौर वर्षमा ४००दिन भएको वर्ष पनि हुन सक्छ भनेर पत्याउने आधार खोइ ? वेदांग ज्योतिष र पंचसिद्धान्तिकामा ३९० तिथि पनि उल्लेख छैन र सौर वर्षको ४०० दिन हुने पनि कुनै शास्त्रमा उल्लेख छैन । यदि छ भने देखाइयोस् त्यसको स्वागत गरुंला । होइन भने हामी संस्कृत जानेको ,विभिन्न शास्त्र जानेको भनेर दुनियालाई यसरी झुक्याउने नगरियोस् । हामीले वेदांग ज्योतिष, पञ्चसिद्धान्तिका, सुमतितन्त्र जस्ता पूर्वीय शास्त्रहरु मात्र कुरा गर्ने होइन पाश्चात्य वैज्ञानिकहरुको सिद्धान्त तिर पनि विचार गर्नु पर्छ । तसर्थ ती विद्वानहरुको सिद्धान्त अनुसार मनन गर्ने कुरा यस्तो छ ।
पाश्चात्य सिद्धान्त
पृथ्वीको आफ्नो वार्षिक गतिले सूर्यलाई एक चोटी परिक्रमा गर्दा १ सौर वर्ष हुन्छ । एक सौर वर्षमा ३६५.२४२२१८ दिनहुन्छ । त्यस अनुसार ३६५ दिन ५ घण्टा ४८ मिनेट ४७ सेकेण्ड प्रायः हुन्छ भनी पाश्चात्य वैज्ञानिकहरुको गणनामा छ । यसमा ३६५ दिनलाई साधारण वर्ष मानेको छ । यसलाई लौकिक वर्ष पनि भन्दछन् । त्यसवेला सौरवर्ष ३६५.२५ दिनलाई लिने गरेका थिए । प्रत्येक ४ वर्षमा ३६५.२५ ह्४=३६६ दिन सौर वर्ष हुनेहुनाले लौकिक वर्ष संग समता राख्ना निमित्त प्रत्येक ४ वर्षमा १ दिन थप्ने नियम बसाले ।
त्यसरी चौथो वर्षलाई परिवत्सर वा दीर्घवर्ष पनि भन्दछन् । यसलाई लिपयर वर्ष पनि भन्दछन् । ती प्रत्येक लिपयर वर्षमा फरवरी महिनामा १ दिन जोडी २९ दिनको बनाउने नियम बनाए । यो कुरा स्कूलका हरेक विद्याथीलाई समेत थाहा छ । पूर्वीय शास्त्रका पक्षधरहरुले पाश्चात्य वैज्ञानिकहरुको गणनामा चासो नलिएको हुनु अर्कै कुरा हो । तर समग्रमा वेदांग ज्योतिष, सूर्यसिद्धान्त र पाश्चात्य सिद्धान्त जताबाट पनि एक सौर वर्षमा ३६५ र ३६६ दिन हुने नै हो । त्यो भन्दा बढी कल्पना नै नगरे हुन्छ ।
वास्तविक गणना यस्तो हुनु पर्छ-
चाँगुनारायणको सुनको गरुड कवचमा रहेको संवत् ३१ को तारिख गणना
१. चाँगुनारायणको सुनको कवचको मुनिरहेका यस सुवर्णपत्र अभिलेखमा भएको मितिमा संवत् ३१ दिइएको छ । यो लिच्छविसंवत् ५३१ को संक्षिप्तमा व्यक्त गरिएको संवत् ३१ हो ।
२. यो शकसंवत् शुरु हुनु भन्दा २ वर्ष अघिको संवत् भएकोले लिच्छविसंवत् ५३१ भनेको शक ५२९ हुने भएको हो । यहाँ शकसंवत् चैत्रबाट शुरु हुने संवत् र लिच्छविसंवत् कार्तिकबाट शुरु हुने संवत् हो । अतः लिच्छविसंवत् ५३१ लाई शक ५२९ को कार्तिक देखि शक ५३० को आश्विन सम्म रहन्छ भन्न पनि पाइयो । हामीसंग संवत् ३१ बाट गणना गर्ने पद्धति छैन । अतः शकसंवत्मा सटही गर्नु परेको हो ।
३. अभिलेखको मिति माघ भएकोले शक ५२९ माघ शुक्ल त्रयोदशी भन्न सकियो । माघमा इस्वीसंवत् फेरि सक्ने भएकोले पौष माघ फागुन यी तीन महिनामा शकसंवत्मा ७९ जोड्नु पर्ने र यी बाहेक अन्य महिना भएमा शकसंवत्मा ७८ जोड्नु पर्ने हुन्छ ।
४. यहाँ इष्ट शक = शक ५२९ भयो । इष्ट इश्वी ५२९ + ७९ गर्दा = इश्वी सन् ६०८ भयो । ६०८लाई ४ ले भाग गर्दा निशेष आउने भएकोले यो लिपयरको वर्ष पनि हो भनी ख्याल राख्नु पर्छ । अतः गणना गर्दा क्षेपक ६० .०० जोड्नु पर्ने भएको हो ।
५. तिथिगण = चै१वै२जे३आ४श्रा५भा६आ७का८मं९पौ१०+मा१३दिन=३०ह्१०+१३=३१३ । शक ५२९ को वर्षमा अधिमास छैन । ३१३—१=३१२( यहाँ मेष तिथ्यन्त १ आएको हुनाले तिथिगण ३१३ बाट १ घटाएको) यो कुरा न्यास १ मा हेर्नुहोस् ।
Gof; !
ljj/0f |
zs |
lt=z' |
jf/ |
OZjL |
tfl/v |
/ljs/0f |
rGb|s/0f |
||
w|'jsf]i7 ! ultsf]i7 !,@
If]ks |
—&( ^)) *
|
@$=^) &=$% @*=%)
|
%=^( $=*@ #=)%
|
) ^)) *
|
!*=($ #=*@ )=)% ^)=))
|
!)%=& #%*=) )=)
|
@*!=% &#=^ #$=^
|
||
d]iffbf} ltlyef]Uo sfnfGt/d\ |
%@( |
)=%% ±)=$% |
^=%^ ±)=$% ±@=$^ |
^)* |
*@=*! ±)=$% ±@=$^ |
!)#=&) ±)=$% —=@! |
@(=&) ±)=$% ±!=^( |
||
d]ifltYoGt] ultsf]i7 # -k"jf{w]{_ |
|
!=)) #))=)) !)=)) @=)) |
@=$& !=#! @=*$ !=(& |
|
*%=&@ @(%=#! (=*$ !=(& |
!)#=($ @(!=$ (=& !=( |
#!=*$ @%*=@ *=^ !=& |
||
|
|
#!# |
!=%( |
|
#@=*$ |
$^=($ |
#))=#$ |
||
df3 z'Sn qof]bzLsf] /ljk/fVo / rGb|k/fVo —=#) C0fd\ |
|
|
—=#) |
|
—#) |
±=!#) |
—=$@( |
||
—=#) |
|
||||||||
|
|
|
!=@( |
|
#@=%$ |
|
|
||
|
|
|
—==@( |
^)* |
—=@( |
|
|
||
;"of]{bo sf]i7 $ |
!=)) |
km]a|'j/L |
#@=@% #!=)) |
|
|||||
|
|
|
!=@% |
|
|||||
kl/0ffdÖ OZjL;g ^)* km]j|'c/L ! cfOtjf/ . ;+jt\ #!-%#!_ df3 z'Sn qof]bzL cfOtjf/ eg]sf] zs %@(, ljqmd;+jt\ ^^$ df3z'Sn qof]bzL xf] . |
|||||||||
विडम्वनापूर्ण तवरले गरिएका खण्डनको जवाफ
(क) जसलाई तारिख गणना कसरी गरिन्छ त्यसको एक रत्ति ज्ञान छैन र कहिल्यै त्यतातिर ध्यान नै दिएको छैन उसले अरुको लेखलाई अप्रामाणिक भन्नु र अधिकमास परेको वर्षमा ३९० तिथि हुने सामान्य नियमलाई वास्ता नगरी केकेन लेखेजस्तो गरी भ्रम फैलाइयो भन्नु भनेको विलौना मात्र हो । किनभने पं नयराज पन्तको लिच्छवि संवत्को निर्णयमा बयान गरिएको वेदांग ज्योतिष, पंचसिद्धान्तिका, सुमतितन्त्रमा चान्द्रवर्षमा ३९० दिन भनौ या तिथि भनौं त्यति भएको वर्षको बारेमा छेउ टुप्पो कहीं उल्लेख गरिएको छैन र उल्टो भ्रम फैलाइयो भन्नु कति लज्जास्पद भनेर साध्य छैन । आफूहरुसंग भएका पंचाग पात्रोको थुप्रो मा ३९० तिथि भएको पात्रोहरु कतिवटा छन् ती मध्ये एउटा खोजेर देखाउन नसक्नु भनेको विडम्वनापूर्ण कुराको पराकाष्ठा हो नभने के भन्ने ?
(ख) अरुले तपाई नभने पनि आफुले आफैलाई मपाई भन्न रुचाउने एक जना पंडित आफूलाई संस्कृतका धुरन्धर ज्ञाता हुं भनी ठान्छन् । तर नयराज पन्तको ६३८ पृष्ठको लिच्छवि संवत्को निर्णय एक चोटी पनि पढेको होइन रहेछ भन्ने देखियो , उसैले फेरि नयराज पन्त को त्रुटि हुनै सक्दैन भन्दै वकालत गर्न आउंछन् उनको यो बालापन देख्दा हास्यास्पद लागेको छ ।
जसलाई तिथिगण भनेको के हो ? थाहा छैन । नयराज पन्तको पुस्तकको पृष्ठ ११ र १२ मा ३० ले महिनालाई गुणा गरेर तिथि १३ जोडी ३४३ गर्दै गर्दा त्योतिथि भयोकि दिन भयो स्वयंलाई थाहा छैन उसैले नै तिथि र दिन बारे ज्ञान नराख्ने भनेर होच्याउने धृष्टता कहाँबाट आयो र कुन धरातलमा छौ तिमि भन्नु परेन?
खुद नयराज पन्तले शास्त्रको कुरा गर्दा वेदांग ज्योतिष , पंचसिद्धान्तिका , सुमतितन्त्रको आड लिएको भनी रहेका छन् । ती आड लिएका ग्रन्थमा चान्द्रमासमा ३९० दिन र ३८४ दिन को उल्लेख कहीं पनि गरिएका छैनन् । यसको मतलव नयराज पन्तले सस्कृत पढ्न नपुगेको हो कि वा उनी स्वयं आफुलाई धुरन्धर संस्कृतका ज्ञाता पनि भन्ने के यही हो संस्कृत पढ्न पुगेको योग्यता ?
उनै संस्कृतज्ञको भनाइ अनुसार अधिमास नभएका वर्ष एक चान्द्रवर्ष पूरा हुन लगभग ३५४ दिन लाग्छ भने अधिमास भएका वर्ष एक चान्द्रवर्ष पूरा हुन लगभग ३८४ दिन लाग्छ । यो कुरा अधिमास भएका र नभएका वर्ष गणना गर्दा प्रत्यक्ष थाहा भइ नै हाल्छ भन्नु बिडम्वनाको पराकाष्ठा भएन र?
किनभने उनले जानेको ज्ञान संशोधन मण्डल र नयराज पन्त जस्तालाई मात्र काम लाग्ने हो र यो ज्ञान उनीहरुलाई सिकाएको भए उनीहरुको लागि सुनमाथि सुगन्ध हुन्थ्यो होला । जसले लिच्छविसंवत्को निर्णयको शुरु छेउ देखि अन्त छेउको छेउटुप्पो केही पनि बुझेको छैन उसले भ्रमको खण्डन भन्दै हतारहतारमा चुनौति दिन आएको छ । यसले उनी जस्तो हास्यास्पद पात्र अहिले सम्म यो दुनियाँमा अरु देखेको छैन भन्ने मात्र हुन आयो ।
निष्कर्ष
लिच्छवि संवत्को निर्णय का त्रुटिहरु शीर्षकीय लेख गत वर्ष २०७९ असोज २९ गते शनिवारको दिन कान्तिपुर दैनिकको कोसेलीमा प्रकाशित भए यता केवल दुई जना महानुभावहरुले मात्र प्रतिकृया जनाए । उहाँहरुलाई धन्यवाद दिनै पर्दछ किनभने यस बारेमा थप खुलासा गर्ने मौका पाइएको छ । यी खुलासा लाई सार संक्षेपमा भन्नु पर्दा पूर्वीय शास्त्रको आधार लिएर भनौ वा पाश्चात्य शास्त्रको आधार लिएर भनौं सौर वर्ष भनेको ३६५ र ३६६ दिन नै हो । त्यस्तै चान्द्रवर्ष ३५४ दिन नै हो यसमा सौर वर्ष संग समता ल्याउन अधिमासको हिसाव पनि गरिन्छ ।
अधिमासको मिलान गर्न श्री केरो लक्ष्मण छत्रेले गणना गरी अधिमास र क्षयमासको सारणी नै तयार गरिएको छ । त्यसमा शक संवत् १ देखि २१०५ सम्मको अधिमास क्षयमास तालिका बनाइएको छ । यसमा शकसंवत्को कुनकुन वर्षमा अधिमास पर्ने हो त्यहीत्यही वर्षमा अधिमास समेटेर गणना गरिने हो । जुन तालिका पं नयराज पन्तले आफनो पुस्तकमा पनि राखिएको छ । तथापि त्रुटिपूर्ण गणना किन गरियो होला ? कसले कुन परिस्थितिले प्रभाव पारेकोले जानाजान त्यस प्रकारको त्रुटि गर्नु परेको होला ? यी यावत् विषयमा भविष्यमा छुट्टै अध्ययन अनुसन्धान हुंदै जाला ।
वास्तवमा यो लेखमा अघि खुलाउन नपाइएका थुप्रै कुरा खुलाउन पाइएका छन् । यो लेखमा जे जे कुरा पुनः स्पष्ट पारिएका हुन् ती कुरा मध्ये कुनै पनि कुरा ग्रहण गर्ने इच्छा छैन र अघि कै ढर्रा अपनाएर बस्न मन भए त्यसरी नै बसुन् । तर शास्त्रमा चान्द्रमान ३५४ मात्र देखाउने गणना गर्दा ३९० चान्द्रमान गर्ने , जव चान्द्रमान नै ३९० भए पछि सौरमान ३६५ दिन भइरहँदैन भन्ने पनि ख्याल नगरी पं नयराज पन्तले शास्त्रमा एक थरि कुरा र गणनामा अर्को थरि कुरा गरी गणनाको सिद्धान्त र इतिहासको सिद्धान्तलाई नै बेइज्जत बनाइएको छ । त्यो ठिक होइन अतः त्यो मात्र सच्याउन तिर लागुन् र भूल वा त्रुटिलाई त्यसरी अझै ढाकछोप गर्ने प्रयत्न चाहीं कदापि कसैले नगरुन् । यसैमा सवैको कल्याण छ ।
सहयोग लिइएका पुस्तक तथा लेख रचनाहरु
१. लिच्छवि संवत्को निर्णय(२०४३)- नयराज पन्त, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ,कमलादी काठमाडौं ।
२ लिच्छवि संवत्का निर्णयका त्रुटिहरु , कान्तिपुर दैनिक शनिवासरीय कोसेली - मिति २०७९ असोज २९ गते शनिवार ।
३. लिच्छवि संवत्बारे अप्रामाणिक लेख,कान्तिपुर दैनिकको सम्पादकीय चिट्ठी - मिति २०७९ कार्तिक ३ गते विहीवार ।
४.भ्रमको खण्डन , कान्तिपुर दैनिक शनिवासरीय कोसेली - मिति २०७९ कार्तिक ५ गते शनिवार ।
५. त्रुटिहरुको पृष्ठपोषण नहोस् , कान्तिपुर दैनिकको सम्पादकीय चिट्ठी - मिति २०७९ कार्तिक १५ गते मंगलवार ।
प्रतिक्रिया