काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।
श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
‘मार्च ३० मा श्रीलंकामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र म सहभागी हुँदैछौं,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने ।
बिमस्टेकको चौथौँ सम्मेलन सन् २०१८ मा काठमाडौँमा भएको थियो ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । सम्मेलनमा सात वटै देशका राष्ट्रप्रमुख सहभागी हुने छन् ।
प्रतिक्रिया