×

प्रतिनिधि सभाको अर्को बैठक फागुन २९ गते

images

काठमाडौं प्रतिनिधि सभाको अर्को बैठक फागुन २९ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिए।

आज (आइतबार) केही बेर बसेको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको छ। आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस भएको छ।

त्यस्तै, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि आइतबारको बैठकमा पढेर सुनाइएको छ। 

 

आइतबार​ २२ फागुन २०७८ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया