बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा आगलागी

    images

      काठमाडौं ।बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ । काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।    

       

      पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट टहरोको आधा भाग जलेको छ । राति साढे १ मा आगो नियन्त्रणमा आएको डिएसपी मिश्रले बताए ।

      आइतबार​ २२ फागुन २०७८ ११:३६ AM मा प्रकाशित

      प्रतिक्रिया