×

अमेरिकी पदाधिकारीले चीनको अन्तरिक्ष कार्यको बदनाम गरेकोमा चीनको विरोध

images

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले जुलाई ४ तारिख अमेरिकाका केही पदाधिकारीहरूले चीनको सामान्य र व्यवहारिक अन्तरिक्ष कार्यको बदनाम गरेकोमा गैरजिम्मेवारपूर्ण भनाइको कडा विरोध गरेको बताएका छन् । 

अमेरिकी राष्ट्रिय अन्तरिक्ष व्यूरो अर्थात् नासाका प्रमुख बिल नेल्सनले जर्मनीको सञ्चार–माध्यमलाई अन्तर्वार्ता दिँदै चीनको अन्तरिक्ष योजना सैनिक अन्तरिक्ष योजना भएको भन्दै चीनले चन्द्रमा कब्जा गर्ने कुरा बताएका थिए ।

प्रवक्ता चाउले अमेरिकी अन्तरिक्ष विभागका जिम्मेवार व्यक्तिको हैसियतमा नेल्सनलाई अमेरिकी अन्तरिक्ष योजनाको कालो इतिहासबारे थाहा हुनुपर्ने कुरा व्यक्त गरेका छन् । 

यसैगरी, प्रवक्ता चाउले चीनले अन्तरिक्षको अन्वेषण गर्नुको उद्देश्य अर्थतन्त्र, समाज, विज्ञान, सुरक्षाको सामान्य माग पूर्ण गर्नु रहेको बताउँदै चीनले अमेरिकाका उक्त पदाधिकारीसँग ठूलो मुलुकको दायित्वलाई वहन गर्न, अन्तरिक्षको दीर्घकालीन शान्ति र सुरक्षाका लागि अमेरिकाको योगदान दिन आग्रह गरेको कुरामा जोड दिएका छन् । 

मङ्गलबार २१ असार २०७९ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया