×

सेतो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न

images

काठमाडौं, २० चैत । गत चैत १५ गतेदेखि शुरु भएको सेतो मत्स्येन्द्रनाथको रथयात्रा हिजो बेलुकी समापन भयो । १५ गते जमलबाट रथ तानेर शुरु गरिएको उक्त जात्रा हिजो लगन टोलमा तिन पटक पारीक्रमा गरेर गुरुजु पल्तन ले बन्दुक पद्त्काएर   समापन घोषणा को गरिएको थियो । सो अबसरमा जीबनका बिबिधपक्षहरुको पनि उपस्थिती रहेको थियो । 

लगन टोलमा हिजो जात्रा समापन भएपछि मत्स्येन्द्रनाथको मूर्तिलाई रथबाट ओराली अर्को सानो खटमा राखेर पुनः जनबहालमै फिर्ता लगिएको थियो । सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी फिर्ता लाँदा पनि बाजागाजा सहित अत्यन्त श्रद्धापूर्वक लाने गरिन्छ । जनबहालमा पुगे पछि मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरको आसनमा विराजमान गराइन्छ ।

अहिले सेतो मत्स्येन्द्रनाथको मन्दिर जीर्णोद्धार भइरहेकोले मन्दिर सामुन्नेको दिगीछेँमा राख्ने कुरा मन्दिरका पूजारीले बताउनु भयो । मन्दिर जीर्णोद्धार सकिएपछि पुनः मन्दिरमै विराजमान गरिनेछ ।

तरमन्दिरका पूजारी अनुसार  यसको समापनमा गरिने एउटा मौलिक कार्य भने अन्य जात्राहरूभन्दा फरक छ । मत्स्येन्द्रनाथको जात्रा चलाउँदा यदि रथमा कुनै खराबी आएको छ वा जात्रामा कुनै अनिष्ट भएको छ भने त्यसैको कारणले देशमा के कस्तो नराम्रो घटना भयो, के कस्तो कष्ट वा विपद्का घटना भए भनेर त्यसको विवरण पनि लेख्ने प्रचलन छ ।। नेपालभाषामा नेपाल लिपि नै प्रयोग गरी लेखिने उक्त पुस्तकलाई ‘शान्ति सफू’ भनिन्छ

त्यसैले मत्स्येन्द्रनाथको जात्राले केवल संस्कृति मात्रै धानिरहेको होइन, मुलुकको इतिहास लेखनलाई पनि उतिकै सहयोग पुर्याइरहेको देखिन्छ ।

इतिहास अध्ययनलाई टेवा पुग्ने गरी यस्तो विवरण लेख्ने परम्परा अन्य जात्रा पर्वहरूमा भने  रहेको पाइँदैन ।

सोमबार २० चैत २०७९ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया