×

कैलासकूट भवनको अस्तित्व र यसको संभावना

images

कतिपय प्रसिद्ध ऐतिहासिक दरवारहरु विभिन्न कारणवश आफनो अस्तित्व मेटिएर लोप प्रायः भइरहेका छन् । तैपनि भूगर्भ भित्र ती दरवारहरुको जगको अस्तित्व बचेको होलाकि भन्ने आशा भने इतिहासमा जिज्ञासा राख्ने हरेक जिज्ञासुहरुको मनमा ज्यूंदो रही आएको छ । त्यही जिज्ञासुहरुले अनेक अनेक ढंगले अडकल गर्दै आए त्यसमा  कोही पछि परेका छैनन् । 

केवल अडकल गर्नु ठूलो कुरा भने होइन । अड्कल गर्नु भन्दा वैज्ञानिक प्रविधि अनुरुपको पुरातात्विक अन्वेषण हुनु नितान्त आवश्यकता छ । त्यो अन्वेषण यस्तो हुनु पर्छ कि जस्तो कपिलवस्तु दरवार पत्ता लाग्नु अघि जस्तो खालको अन्वेषण खोज अनुसन्धान भएको थियो त्यस्तो खालको चाहिएको हो ।

त्यस्ता कतिपय ऐतिहासिक दरवारहरु मध्ये एउटा अति प्रसिद्ध दरवार लिच्छविकालमा बनेका कैलासकूट भवन दरवार पनि एक हो । यो दरवारको निर्माण इसाको ६ औं शताव्दीमा महासामन्त अंशुवर्माको पालामा भएको थियो । जुन दरवारबाट महासामन्त अंशुवर्मा देखि जयदेव द्वितीय सम्मको अभिलेख प्रसारित भएका थिए भन्ने तथ्य तात्कालिक अभिलेख कै सन्दर्भहरुबाट देखिन्छन् ।

त्यतिवेला मानगृह दरवार विद्यमान हुंदा हुंदै त्यो भन्दा पनि वैभवपूर्ण भव्य सुन्दर दरवार महासामन्त अंशुवर्माले आफु बस्नको लागि किन बनाए होला? , बनाउने अनुमति कसरी पाए होला?, अंशुवर्माले आफनो हातमा शासन संचालन गर्ने अधिकार पाएपछि राजाज्ञा यही दरवारबाट प्रसारण कसरी हुन पाए होला? अंशुवर्मा पछि ध्रुवदेव र भीमार्जुनदेव मानगृहमा रहे भने जिष्णुगुप्त विष्णुगुप्तहरु कैलासकूट भवनमा रहेर राजाज्ञा जारी गरीरहे । पछि गुप्तहरुको सर्वेसर्वापन सदाको लागि हटाएर राजा नरेन्द्रदेवले आफनो पैतृक शासन सत्ता आफ्नो हातमा लिए पछि उनी फेरि मानगृहमा बस्नु भन्दा कैलासकूट भवनमा नै बस्न रुचाए तव त्यहीं बाट राजाज्ञा जारी भएको हुनुको आसय के होला, ?

नरेन्द्रदेवले अर्को दरवार भद्राधिवास बनाए पछि केही समय त्यहींबाट राजाज्ञा जारी भए भन्ने प्रमाण स्वरुप केही अभिलेखहरु पाइए तर नरेन्द्रदेव पछि राजाहुने अरु राजाहरुले फेरि कैलासकूट भवन नै रोजेर यहाँबाट राजाज्ञा जारी भएको देखिनु यी सवै रहस्यमय एवं जिज्ञासा जगाउने विषय हुन् । यी मध्ये पनि  सवभन्दा जिज्ञासा जगाउने विषय भनेको यो दरवार थियो कहाँ ?भन्ने नै सर्वोपरि रहेको छ । अर्को कुरा मानगृह र कैलासकूट भवन संगसंगै निकट मै भएको कल्पना गर्नेहरु पनि नभएका होइनन् । तर यो कुरा कतिको सत्यको नजिक छ अथवा कतिको छैन ?यो पनि जिज्ञासा जगाउने विषय मध्ये कै एक छ । यी सवै जिज्ञासालाई सम्वोधन हुने खालको अध्ययनको आवश्यकता छ । यी नै परिधि भित्र रहेर यो लेख तयार गर्ने प्रयास हो । तर यो प्रयास वैज्ञानिक ढंगले गरिने पुरातात्विक अन्वेषण कार्यमा सघाउ पुगोस् भन्ने हेतु  हो । केही सन्दर्भहरु यस्ता छन् जुन सन्दर्भलाई हामी अनदेखा गर्नु उचित होइन । तर जतिपनि अडकलवाजी गर्दै आए उनीहरुले भने यी सन्दर्भहरुलाई अनदेखा नै गर्दै आएको प्रष्ट बुझिन्छ । जस्तैः 


१) संवत् २९ जनिएको लिच्छविसंवत् ५२९ को बुंगमतीको अभिलेखमा कैलासकूट भवनाद् उल्लेख आएको छ । यसरी कैलासकूट भवनको उल्लेख आएको यो पहिलो अभिलेख हो । यो अभिलेखबाट संवत् ५२९ लाई नै संवत् २९ गरी संक्षिप्त लिच्छविसंवत् लेख्ने गरिएको थियो  

अहिलेसम्म पाइएका अभिलेख मध्ये कैलासकूट भवनबाट जारी भएको पहिलो अभिलेख हो ।  बुंगमती क्षेत्र बौद्धधार्मिक क्षेत्र हो यो अर्को गौरवको कुरा छ ।  संवत् ५२७ र ५२८ का अभिलेख  पाइएको छैन । कुनै बेला यी संवत् भएका अभिलेख भेटिन सक्छ । 

यो अभिलेखबाट कैलासकूट भवन कहाँ छ कस्तो ठाउमा रहेको छ ती कुराको कुनै संकेत दिइएको छैन । यो अभिलेखमा स्वयमाज्ञा शव्दको प्रयोग छ तर कैलासकूट भवन यहाँबाट नजिक थियो भन्ने संकेत दिइएको छैन ।

संवत् ५२६ सम्म हरेक राजाज्ञाहरु मानगृहबाट प्रसारित भइरहेका थिए भने संवत् ५२९ मा आएर कैलासकूट भवनबाट प्रसारित हुन थालेको देखियो । यो दरवारको निर्माण भइ तयार हुन कम्तिमा आठ दश वर्ष लागेको हुनु पर्छ । संवत् ५२० को खोपासीको अभिलेखमा द्वारोद्घाटन यात्रा र कैलासयात्राको कुरा उल्लेख हुनु साथै सेतोमाटो( कमेरो) प्रत्येक व्यक्तिव्यक्तिले बुझाउनु भनी आदेश दिइएको हुनु यहाँ निक्कै अर्थ पूर्ण रुपमा लिन सकिन्छ । यसको मतलव कैलासकूट भवनको निर्माण संवत् ५२० भन्दा अघिबाट शुरु हुन थालेको संकेत मिल्दछ ।

संवत् ५१६ देखि शिवदेव अंशुवर्मा बीचको सम्वन्ध निक्कै गहिरो र मजबूत हुंदै गएको देखिनु अर्कोतिर सदिऔं देखि शासन सत्तामा गुप्तहरुको बोलवाला भै आएको थियो भने अंशुवर्माको उदय संगै गुप्तहरुको तेजोबध हुन थालेको परिघटना यहाँ विशेष ध्यान दिएर हेर्नु जरुरी छ । अन्ततः अंशुवर्माले तत्कालीन प्रभावशाली व्यक्तित्व भौमगुप्तलाई शक्तिहीन बनाइ दिए । त्यसैले गुप्तहरुबाट आफू असुरक्षित महसूस भएकै कारणले सामरिक दृष्टिले सुरक्षित हुने ठाउं खोजेर मानगृह भन्दा  अलि टाढा ठाउंमा अंशुवर्माले कैलासकूट भवन बनाई बस्न गएको धेरै संभावना छ । यसबाट मानगृह र कैलासकूट भवन हाडीगाउ ंर यसको नजिक नजिकै हुनुपर्छ भनी जुन कल्पना गर्ने गरेको देखिन्छ । त्यो सान्दर्भिक देखिंदैन ।  


२) संवत् ३२ जनिएको लिच्छविसंवत् ५३२ को साँगाको अभिलेखमा कैलासकूट भवनको उल्लेख यसरी गरिएको छ । 

हिमगिरि तनयाको उल्लेख हुनु अर्को क्षितितलतिलकभूतात्कूतुहलिजनितानिमेष नयनावलोक्य मानात् कैलासकूट भवनात् उल्लेख हुनु लाई विशेष विचार गरेर अध्ययन गर्नुपर्ने हुन आउंछ । किनकि कैलास भनेकैबाट यो ठाउं उच्च पहाडी भागमा अवस्थित रहेको अनुमान हुन्छ साथै हिमगिरि तनया शव्दले पनि हिमालय संग उपमा जोडिएको प्रष्ट बुझिन्छ । पृथ्वीतलको टिका जस्तो भन्नाले टिका शिरको अति उच्च भागमा लगाइन्छ अन्यत्र होइन । अतः जस्तो टिका शिरको सवभन्दा उच्च स्थानमा लगाइन्छ त्यही भएर कैलासकूट भवन टाढाबाट देख्दा पृथ्वीको टिका जस्तो भनेर बर्णन हुंदै गर्दा उच्च स्थानमा रहेको कारणले गरिएको हुनुपर्छ भन्ने अर्थ लगाउन सकिन्छ । 


३)  लिच्छविसंवत् ५३६ जनिएको गोकर्ण वालुवा गाउंको अभिलेखमा कैलासकूट भवनबाट जारी भएको र यसमा अंशुवर्माले बनाएको भनी स्वकारितक श्रीलाजविहार र सामरिक दृष्टिले महत्वपूर्ण हुने अहिदुंकोट्टको समेत उल्लेख  गरिएकोलाई विशेष अर्थपूर्ण तवरले हेर्नु जरुरी छ । जस्तो संवत् ५२९ भनेकै २९ भएको हुनाले यहाँ ५३६ नै उल्लेख भएको कारणले ३६ भनिएन  । 

यस अभिलेखमा कैलासकूटभवनाच्छ्री महासामन्ताङ्शुवम्र्म कुशली अहिदुंकोट्ट ग्राम निवासिनः कुटुम्बिनो यथा प्रधानङ्कुशलमाभास्य समाज्ञापयतिविदित मस्तु वोस्माभिरिमङ्ग्रामकृत सीम निर्णय स्वकारितक श्री लाज विहारे उल्लेख छ ।

कैलासकूट भवनबाट श्री महासामन्त अंशुवर्माले अहिदुंकोट्ट ग्राम निवासी प्रधानहरुलाई कुशल मंगल सोधेर आज्ञा गर्नु भयो । हामीले सीमा निर्धारण गरेको  गाउंमा आफैले श्री राज विहार बनाएको हो यो कुरा तिमीहरुलाई थाहा भएकै हो । 

यसबाट यो स्पष्ट हुन्छ कि जहाँ श्री द्वारा सम्मानित राजविहार बनेको छ यो ठाउं अहिदुंकोट्ट गाउंको क्षेत्र भित्र पर्दछ । यसबाट राजविहार रहेको स्थान निकट कोट्ट किल्ला पनि थियो र यसले यो सामरिक दृष्टिले पनि सुरक्षित क्षेत्र हो भन्ने स्वतः स्पष्ट हुन आउंछ । अतः कैलासकूट भवन यहीं थियो भन्ने संकेत प्रष्ट देखिन्छ ।  किनकि दरवारको सीमा निर्धारण भएकै क्षेत्रमा यहाँ राजविहार बनेको हुनु र राजविहार भनेको राजदरवारको विहार हो भनी बोली राख्नु जरुरी भएन । तसर्थ राजदरवार नबनेको ठाउमा राजविहार बन्ने हुन्छ भनी कल्पना सम्म पनि गर्न सकिंदैन ।

यसले गोकर्णको सिंगो डाँडा अहिदुंकोट्ट ग्राम क्षेत्र हो । यही क्षेत्र कै एउटा भू भाग जहाँ कैलासकूट भवनको लागि सीमा निर्धारण भएको क्षेत्र भित्र श्री राजविहार बनेको हो भन्ने अभिलेखको व्यहोराले स्पष्ट गर्छ । जव यहाँ अंशुवर्माले बनाएको राजविहार बनेको आधारमा अंशुवर्मा बस्नको लागि बनेको राजदरवार कैलासकूट भवन पनि यहाँबाट निकटै छ धेरै टाढा होइन भन्ने संकेत गरेको छ भनी सहज ढंगले बुझ्न सकिन्छ । 

अंशुवर्मा जव शक्ति र सत्तामा आए पछि भौमगुप्तको तेजोबध भएको कारण गुप्तहरुको षड्यन्त्रबाट बच्नको लागि नै मानगृह भन्दा टाढा सामरिक दृष्टिले समेत सुरक्षित देखिने ठाउंमा कैलासकूट भवन बनाएर बस्न गएका थिए । अंशुवर्माको देहान्त पछि गुप्तहरुको षड्यन्त्र फेरि शुरु भयो परिणाम स्वरुप राजा उदयदेव नै निर्वासित हुनु प¥यो । जिष्णुगुप्त राज्य सत्तामा सर्वेसर्वा भएर निस्के पछि कैलासकूट भवन गुप्तहरुकै कव्जामा गए । ध्रुवदेव र भीमार्जुनदेव भने मानगृह मै रहे ।  पछि युवराज नरेन्द्रदेवले आफ्नो पितृसत्ता फर्काएर लिइसके पछि नरेन्द्रदेव मानगृहमा नबसी कैलासकूट भवन मै बसेका थिए । यो कुरा पनि अति मनन योग्य छ । राजा नरेन्द्रदेवले छुट्टै अर्को दरवार भद्राधिबास भवन पनि बनाए, केही वर्ष उनले त्यही भद्राधिबासमा रही राजाज्ञा पनि जारी गरेको देखिए ।  उनी पछि राजाहुने अरु राजाहरु भने कैलासकूट भवन मै बस्न रुचाए यो पनि स्पष्ट छ । यी कुरा पनि  मनन योग्य नै छ । यी कुरा माथि ध्यान दिन तात्कालिक अभिलेख स्रोतहरुलाई नियाली अध्ययन गर्न जरुरी हुन्छ ।

यस्तै अरु अभिलेखहरुमा पनि कैलासकूट भवनको वर्णनहरु गरिएका छन् ,जसमा पाटन भन्सारचोकको अभिलेख, यंगालहिटीको अभिलेख अनन्तलिंगेश्वरको अभिलेख र नक्साल नारायण चौरको अभिलेख मुख्यतः उल्लेखनीय छन् ।  

४)  संवत् ६७ जनिएको लिच्छविसंवत् ५६७ को पाटन भन्सारचोकको अभिलेखमा कैलासकूट भवनको उल्लेख यसरी गरिएको छ ।  यस अभिलेखमा कैलासकूट भवनाद् भुवन प्रकाशाज्ज्योत्स्नाव मृष्टिहिमवच्छि(खगाग्रदोपोः)उल्लेख छ ।

यसको अर्थ कैलासकूट भवन हेर्दा हिउंले ढपक्कै ढोकेको हिमालयको टाकुरा झै झलमल्ल गर्ने भनेर बुझिन्छ । यसको मतलव कैलासकूट भवन सेतो हिमालय   जस्तो र टाकुरामा अवस्थित रहको भनेर सहज बुझ्न सकिन्छ ।  

५)  संवत् ६७ जनिएको लिच्छविसंवत् ५६७ को यंगालहिटीको अभिलेखमा कैलासकूट भवनको उल्लेख यसरी गरिएको छ । 

यस अभिलेखमा कैलासकूट भवनाच्छस्दाप्यान शशाङ्कामल मयूख निकराव भास्य मान हिमवदुङ्ग शिखरावदात यशो मालावर्त सिताशेषदिङ्मण्डलो उल्लेख छ ।

यसको अर्थ कैलासकूट भवन हेर्दा शरदऋतुको पूर्ण चन्द्रमाका  सफाकिरणहरुले सुहाएको हिमालयको अग्लो टाकुरा जस्तो सफाकीर्तिद्वारा सारा दिशाहरु झलमल्ल परेको भनेर बुझिन्छ । यसबाट पनि हिमालय जस्तै सेतो टाकुरामा अवस्थित छ भनेर सहज बुझ्न सकिन्छ ।

६) संवत् ८० जनिएको लिच्छविसंवत् ५८० को अनन्तलिंगेश्वरको अभिलेखमा कैलासकूट भवनको उल्लेख यसरी गरिएको छ ।

 यस अभिलेखमा स्वस्ति कैलास श्रृंगा भान्नयनोत्सव कारिण : । कैलासकूट भवनात् रम्या जगति विश्रुतात् उल्लेख छ ।

यसको अर्थ कैलासको टाकुरा जस्तो भएको, आँखालाई आनन्द दिने , राम्रो संसारमा प्रसिद्ध भएको कैलासकूट भवन भनेर बुझिन्छ । यसबाट पनि कैलास पर्वत जस्तो टाकुरा जस्तो देखिने भनेर सहज बुझ्न सकिन्छ । 

७) राजा नरेन्द्रदेवको पालामा नेपाल आएका चिनीया दूत वाङ् हुएन चेले गरेको कैलासकूट भवनको बयानमा यो बहुतले भनिएको छ , माथिल्लो खण्डमा दशौ हजार मानिस अट्ने,तीन वटा गरागरामा बिभाजित भएको प्रत्येक गरामा सातसात तलाका भवनहरु छन् भनी दिइएका छन् । यसबाट पनि यही बुझिन्छ कि कुनै उच्च भूभागमा कैलासकूट भवन बनेको रहेछ किनभने गरागरा मा बिभाजित भनेको पहाडसंग सटेर बनेको भवन हुनु पर्छ । 

यी आधारलाई यदि प्रमाण भनेर मान्ने हो भने यो संभावना भित्र हाँडीगाउं पर्दैन । हाडीगाउं ढिस्को पहाड पनि होइन । यो ठाउं पाटन,अनन्तलिंगेश्वर यंगाल साँगा कहींबाट पनि बाट दृश्यावलोकन हुने ठाउं होइन । किनकि यी ठाउंबाट हेर्दा जस्तो किसिमको दृष्टिगोचर हुने हो त्यस्तै किसिमको वर्णन लेखेर शिलालेखमा अंकित गराइएका हुन् । यसमा कुनै विवाद गर्ने ठाउं नै छैन ।

आज भन्दा पचास वर्ष अघि पुरातात्विक अन्वेषण गर्ने तात्कालिक पुरातत्व वेत्ताहरुले आफ्नो अनुमान अनुसार कैलासकूट भवन हाडीगाउं क्षेत्रमा रहेको हुनुपर्छ भनी अडकल गरी दिएका रहेछन् । किनकि त्यसवेलाका स्वदेशी तथा विदेशी पुरातत्व विद्को अध्ययनको विषय भित्र हाडीगाउमा श्रीदेवी,अग्नी श्रीकूलदेवता षष्ठीदेवकूल रहेको हुनु , हाडीगाउं डवलीका संवत् ३० र संवत् ३२ का अभिलेखहरुमा दूतकको उल्लेख नहुनु र स्वयमाज्ञा जस्ता बाक्याँशको प्रयोग हुनुलाई नै दरिलो प्रमाण मानेको रहेछ ।

फलस्वरुप वि.सं २०२२ सालमा भारतीय पुरातत्वविद् एस.वि.देवको नेतृत्वमा हाडीगाउंमा उत्खनन् अध्ययन कार्य सम्पन्न भयो । उत्खनन्मा अंशुवर्माकालिक इंटा सिक्का माटोको भाँडा कुंडा माटाका छाप मूर्ति आदि भेटिएको आधारमा उहाँले गरेको अध्ययन प्रतिवेदनमा हाडीगाउं तेस्रो शताव्दी देखि एघारौं शताव्दीसम्म मानवको एक घनावस्ती थियो भन्ने मात्र परिणाम आएको छ । तर कैलासकूट भवनको अस्तित्व प्रमाणित हुने अवशेष पनि भेटिएन र कैलास कूट भवन यही क्षेत्रमा हुनुपर्छ पनि भन्न सकेनन् ।

फेरि वि.सं २०२३ सालमा भारतीय पुरातत्वविद् एन आर बनर्जीको नेतृत्वमा धुमवाराहीमा उत्खनन् अध्ययन कार्य सम्पन्न भयो । हुनत उहाँको प्रतिवेदन प्रकाशमा आएन तापनि हाडीगाउं क्षेत्र एक लिच्छविकालीन वस्ती थियो भन्ने बाहेक अरु तथ्य खुलाउन सकेन ।  

फेरि वि.सं २०२५ सालमा पुरातत्व विभागको नेतृत्वमा हाडीगाउं सरश्वती मन्दिर निर गरिएको उत्खनन्मा लिच्छविलिपिमा श्री महासामन्तांशुवम्र्मण अंकित भएको ईटा पाइयो । तथापि कैलासकूट भवनको अस्तित्व प्रमाणित हुने अवशेष कुनै पनि भेटिएन । 

त्यसको केही वर्ष पश्चात् वि.सं २०४१ देखि २०४६ सम्म इटालियन पुरातत्वविद् जियोभानी भेरार्दीको नेतृत्वमा हाडीगाउं सत्यनारायणस्थान निर उत्खनन अध्ययन सम्पन्न भयो । उहाँले गरेको अध्ययन प्रतिवेदनमा हाडीगाउं इशापूर्व पहिलो शताव्दी देखि मानवको एक घनावस्ती थियो भन्ने परिणाम मात्र आयो । तर कैलासकूट भवनको अस्तित्व प्रमाणित हुने अवशेषहरु केही भेटिएन । केवल आठौं शताव्दीको संवत् १७४ को अभिलेखमा प्रियवर्माले राखेको ढुंगेधाराको दूढमा हाडीगाउंलाई अण्डीग्राम भनिन्थ्यो भन्ने स्पष्ट प्रमाण फेला परेको छ । यसले हाडीगाउं घनावस्ती भएतापनि शहर होइन गाउं कै नाउबाट आठौं औं शताव्दीसम्म प्रसिद्ध रहे भन्ने मात्र सिद्ध हुन आए । 

यसरी धेरै पटक पुरातात्विक उत्खनन भइसक्दा पनि यो हाडीगाउँ क्षेत्र कैलास कूट भवन रहेको क्षेत्र भनी प्रमाणित हुन सकेको छैन, यो प्रष्ट छ । तैपनि धेरै मानिसहरुको दिमागबाट कैलास कूट भवन हाडीगाउँ मै हुनुपर्छ भन्ने बुझाइ भने अझै हट्न सकेको देखिएको छैन । संसारमा हुने विश्वसनीय एवं बैज्ञानिक अध्ययन अनुसन्धान भनेकै पुरातात्विक उत्खनन नै हो अर्को विधा आविष्कार भएको छैन । अतः पुरातात्विक अध्ययनले सिद्ध गर्न नसकिएको कुरा अरु केही उपाय छ जस्तो लाग्दैन । त्यसैले अहिले सतहमा आइरहेका अडकलवाजी  निम्न बमोजिका देखिएका छन् । जस्तैः

१) विभिन्न पुस्तक जर्नल तथा लेखहरुमा  आइ रहेका कैलासकूट भवनका वर्णनहरुमा यो कहाँ छ ? भन्ने मुख्य कुरो नै आउन सकेका छैन । एउटै लेखमा एकातिर यो दरवार हाडीगाउमा थियो पनि भन्छ अर्को तिर कुन ठाउं हो पत्ता लाग्न सकेको छैन पनि भन्ने गरेका थुप्रै उदाहरण देख्न पाइरहेका छन् । 

२) विभिन्न समयमा भएका पुरातात्विक उत्खनन हाँडिगाउं क्षेत्र प्राचीन मानव बसोवास भएको बस्ती भन्ने मात्र पत्ता लाग्न सके तर कैलासकूट भवन हाडीगाउं क्षेत्र मै हुनुपर्छ भन्ने अस्तित्व पत्ता लाग्न सकेको होइन । 

३) लिच्छविकालमा बनेका ऐतिहासिक दरवारहरु मानगृह, कैलास कूट भवन र भद्राधिवास दरवार कसले कुन समयमा बने भन्ने कुरा लगभग भन्न सकेको भए पनि यी दरवार रहेको स्थान भने कसैले बताउन सकेको छैन । 

४) यस मामिलामा परवर्तीकालमा लेखिएका वंशावलीहरुलाई आधार बनाउंदैमा  हुंने होइन । समकालीन स्रोतको रुपमा अभिलेखहरु, तत्कालीन बिदेशीयात्रीको वर्णन र पुरातात्विक उत्खनन मुख्य विश्वसनीय आधार हुन् । तर यता तिर ध्यान गएको देखिएको छैन ।

५.) वास्तवमा मानगृह देख्ने मान्छे  र भद्राधिवास भवन देख्ने मान्छे को छ त्यसको कुनै सूचना छैन । तर  कैलास कूट भवन देख्ने मान्छे त्यो समयमा नेपाल आउने चिनीया यात्री वाङ् हुयन चे छ । त्यसैले उनको वर्णनलाई आधार मान्न सकिन्छ । उनको वर्णन हेर्ने हो भने ल्हासाको पोताला दरवारको जस्तो झलक देखापर्छ । उनको वर्णनले पहाडको ढिस्कोमा सटेर बनेको सेतो दरवार भन्ने स्पष्ट बुझिन्छ तर तमाम लेखकहरुको लेखमा यो भाव बिल्कूल देखिएका छैनन् ।  

६) पुरातात्विक उत्खनन विश्वसनीय आधार हो तर कैलासकूट भवन भएको संभावित क्षेत्रमा अहिलेसम्म पनि उत्खनन भएकै छैन । हाडीगाउं क्षेत्र कैलास कूट भवन बनेको ठाउं होला भनी अड्कल गरी धेरै पटक उत्खननहरु भइ सक्दा पनि पुष्टि गर्ने आधार भेट्टाउन सकिएन । 

७.) तात्कालिक स्रोत हरु भनेर लिच्छविकालका अभिलेखहरु पनि महत्वपूर्ण स्रोतहरु हुन् तर तिनीहरुको अझै समीचिन् अर्थ लगाउन सकिएको छैन । अतः सर्व प्रथम अभिलेखहरुको समीचिन अर्थ लगाउन सके कैलासकूट भवन अवस्थित इलाकाको अनुमान गर्न सकिने हुन्छ । अतः त्यसैको आधार पनि लिने र चिनीया यात्रीको विवरणको पनि हूवहू अनुवाद लाई पनि आधार लिएर विज्ञहरुको बीचमा बृहत छलफल गरी  विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको खण्डमा संभावित क्षेत्रमा पुरातात्विक उत्खनन भै दिएमा  अपेक्षित प्रतिफल आउने मा आशा गर्न  सकिन्छ । तर अहिले सम्म कुनै निकायले यसरी विचार गरिएको छैन नै भन्न सकिन्छ । 

८) पटक पटक हाडीगाउमा उत्खननहरु भइसकेको छ र त्यहाबाट अपेक्षित प्रतिफल नआए पछि संभावित ठाउं त्यही हो भनी रहनु उचित हो जस्तो विल्कूल लाग्दैन  । तव अर्को संभावित ठाउंको अध्ययन अनुसन्धान गर्ने तर्फ खोजि हुनु पर्ने आवश्यकता छ । अध्ययन अनुसन्धानको क्रम निरन्तर हुनुपर्ने हो यसमा बिश्राम हुनु हुंदैन । 

९) वि.सं २०४१ देखि २०४६ सम्म भएको हाँडीगाउंको उत्खननको रिपोर्टले  इसापूर्व २ भन्दा अघि नै यहाँ मानव वस्तीको विकास भइसकेको  भन्ने प्रमाणित गरेको छ । तर कैलास कूट भवन यही हाडीगांउ मै थियो भन्ने कुरा एक शव्द पनि बोलेको छैन । यो उत्खनन कार्यबाट संवत् १७४( ६७४)को जलधेनुको खण्डित टुक्रा भेटिए जसमा अण्डिग्राम भनिएको छ । अण्डिग्राम र हाडींगाउ एकअर्कोको पर्याय वाची नाम हो ।कैलासकूट भवन भएको ठाउं सातौ शताव्दी सम्म पनि गाउ भनेर प्रसिद्ध रहने भन्ने कुरा कल्पना  पनि गर्न संभव छैन । 

१०) सय वर्ष भन्दा बढी समय सम्म अस्तित्वमा रहेको कैलासकूट भवन र सयौं वर्ष पर्यन्त प्रख्यात रहेको दरवार स्वदेशमा मात्र होइन विदेशमा समेत प्रख्यात रहेको थियो भन्ने कुरा चीनको ताङ वृतान्तमा समेत वर्णन गरिएको छ । मानगृह र भद्राधिवास भवनको चर्चा ताङ वृतान्तमा पनि छ भन्ने उल्लेख भएका सुन्न पाइएका छैन । 

माथिका यावत् छलफलबाट कैलासकूट भवन हाडिगाउं तिर पर्छ भनी लक्षित हुन सक्दैन भन्ने तिर नै जोड दिनु पर्ने हुन्छ । तव हाडींगाउं नभए कतातिर लक्षित गर्न सकिन्छ त ? यो पनि सवाल उठ्छ नै । यसकोलागि पनि अभिलेख स्रोत तिर नै ध्यान लगाउनु जरुरी छ ।   

 जयदेव द्वितीयको पालाको नक्साल नारायण चौरको अभिलेखमा कैलासकूट भवन जाने बाटो भनेर यसरी उल्लेख गरिएका छन् । जस्तै- 


 ........सीमा चास्य स्थानस्योत्तरपूव्र्वस्यां दिशि अजिकाविहारपूव्र्वद्वाराद्दाध्रिङ्कण्ठको ततो दक्षिणाभिमुखेन महापथानु सृत्य मणिनागाट्टिकस्योत्तरतो बृहद्ग्रामं यावत् ततोत्तरपश्चिमाभिमुखेन  वलसोक्षिदेवकुलस्य दक्षिणा तरश्ची अनुसृत्य वोद्दविषय अरघट्टस्योत्तरेणमासानुसृत्य पश्चिमाभिमुखेनलंखुलंउट्टणे ततस्ताट्टण्कमनुसृत्य नडपटावाटिकामनुसृत्य पश्चिमाभिमुखेन महाप्रतिहारस्य गृहमण्डलस्य दक्षिणस्य कण्ठानुसारेण महारथ्यायां स्तम्भितशिला ततस्तेन रथ्यामूलस्य यद्दुद्र्वारं प्रविश्य पूव्वगृहोत्तरार्धभागमाक्रम्या दक्षिणगृहाग्रत :पश्चिममनुसृत्य द्वारगृहमण्डलं प्रविश्य दक्षिणगृहमादाय पश्चिमकच्छं लङ्घयित्वा यावीग्राम मध्येन तवेचेखानुसारेण  पश्चिमाभिमुखेन मार्गस्ततस्तन्मार्गेण उत्तरामुखा नुसारेण द्रुमकुटीमार्गस्तत : पश्चिमाभिमुखेन परिक्रम्योत्तरामुखमनुसृत्यपोन्दिमण्डपिकासमीपेन उडणेहुशस्ततस्तनपशिचममवतीर्य  ताम्रकुट्टशालागमनमार्गानुसारेण जप्तिखूसंक्रमाभिमुखेन ताम्रकुट्टशालालखमकस्ततोत्तराभिमुखेन मानेश्वरराजाङ्गणालीदक्षिणेनप्रेक्षणमण्डपीपृष्ठत : पूव्र्वो त्तरं गत्वा पूव्र्वद्वारेणप्रविश्य राजाङ्गणमध्येन पश्चिमद्वारेण ततश्चोत्तरं गत्वा प्रवद्र्धमानेश्वरस्याग्रत :पश्चिममार्गमनुसृत्य यावत्वोत्तरिनोकारितप्रणाल्यग्रत ; —ति—यमस्ता तद्दक्षिणेन साम्बपुरवाटिका ............. 

शिलालेख रहेको स्थान नक्साल नारायण चौर देखि उत्तर पूर्व दिशा हुंदै जाँदा अजिका विहार आउंछ(यो चावहिलको विहार) —त्यसपछि द्वारोद्कण्ठ—मणिका गाट्टि—वलसोक्षि देवकूल—वोद्दविषय अरघट्ट( बौद्धनाथ स्तूप भएको स्थान)—लंखुल उट्टण—नटपटा वाटिका—महाप्रतिहार निवास स्थल—मूलसडकमा शिलास्तम्भ र द्वार भएको ठाउँ—यावीगाउं—तवेचेखा—छूमकुटी—पोण्डिमण्डप—उङणेहूस—ताम्रकूट्टशाला जानेबाटो(साँखु जाने बाटो)—जप्तिखु खोला—लखमक—मानेश्वरगाउं—प्रेक्षणमण्डपी—यो मण्डपीको उत्तरपूर्वमा राजाङ्गण(कैलासकूट भवन दरवारको पटाङ्गिणी — राजाङ्गणको पश्चिममा प्रवद्र्ध मानेश्वर(हालको गोकर्णेश्वर मन्दिर)—यसको पश्चिममा वोत्तरिणाले बनाएको धारा र मस्ता —यसको दक्षिणमा साम्वपुर(गोकर्णको ठूलो वस्ती शहर कालान्तरमा यो वस्ती उजाडिएको हुनु पर्छ ।)

ताम्रकुट्टशाला भनेको साँखु हो जहाँ तामा प्रशोधन गर्ने उद्योग भएको ठाउं हो । तामा खानी भएको ठाउं साँगा हो । किराती भाषामा तामालाई साँ भनिने हुंदा खानी भएको ठाउ साँगा र खानीबाट झिकेको काँचो तामालाई प्रशोधन गर्ने ताम्रकुट्टशाला भएको ठाउं साखु हो । पछि शंखरापुर बाट अपभ्रंश भइ साँखु भनियो भन्ने प्रचार गर्ने गरिदा ताम्रकुट्टशाला भएको ठाउं भएर साँखु भनिएको भन्ने प्राचीन वस्तुतथ्य बिर्सन गइ अर्कै किंवदन्ती हुन पुगेको देखिन्छ । तामाको मुद्रा बनाइने टक्सार भनेर प्रसिद्ध रहेको ठाउंं डाँछी पनि साँखुको निकट नै रहेको छ ।  

कैलासकूट भवन अवस्थित रहेको वस्ती विकास भई राजधानी शहर साम्वपुर कहलिएको बुझिन्छ । गोकर्णेश्वर मन्दिरको साँस्कृतिक प्राचीन नाम प्रवद्र्ध मानेश्वर हो । शिवलाई साम्व सदाशिव कहलिएकोले यही साम्वसदाशिवको नामबाट नै शहरको नाम साम्वपुर हुन गएको हो ।  

नेपालमा प्राचीनकाल मै पनि ठूलठूला भूकम्पहरु आएको कारण त्यतिवेला विकसित भैसकेको वस्ती उजाडिन पुगेको हुनु पर्छ । त्यही भएर अहिले पनि गोकर्ण भेग तिर ५।६ फिट खनियो कि घरका जगहरु  यत्रतत्र भेटिने गर्छ । वास्तवमा हाडीगाउ प्राचीन वस्ती भए जस्तै गोकर्ण पनि प्राचीन विकसित वस्ती हो । यो क्षेत्रमा पुरातात्विक अन्वेषण अध्ययन भएको छैन । यसको मतलव सम्वन्धित क्षेत्रको ध्यान आकर्षित हुन सकेको पनि छैन ।

निष्कर्ष
यो लेखको मुख्य अभिप्राय हाडीगाउं जत्तिकै प्राचीन अस्तित्व बाकेको क्षेत्र गोकर्ण भेकपनि हो । हाडीगाउमा धेरै पटक अन्वेषण मात्र होइन पुरातात्विक उत्खननहरु समेत  भइसकेका छन् तर कैलासकूट भवनको अस्तित्व भने भेट्टाउन सकेनन् । कैलासकूट भवनको अस्तित्व भेटिन सक्ने अर्को प्रवल संभावना भएको क्षेत्र गोकर्ण भेक पनि  हो । तर यो क्षेत्रको पुरातात्विक अन्वेषण नै भएको छैन भने पुरातात्विक उत्खनन् पनि भएकै छैन  । अतः यो अध्ययनले यो क्षेत्रको विस्तृत एवं वैज्ञानिक अन्वेषण कार्यको थालनी होस् । यो लेख त्यस कार्यमा उपयोगी हुन  सकोस् र अन्वेषणमा सघाउ पुगोस् भन्ने अभिप्राय लिएर लेखेको हो ।   

 k[YjLsf] ue{ leq n's]sf] s'/f lg0f{o eGb} 7f]s'jf ug{' plrt xf]Og . t;y{ of] n]v s]jn kl5 x'g] cGj]if0fdf pkof]uL l;4 x'g ;sf];\ eGg] dfq xf]  .

of] n]v tof/ kfbf{ ;xof]u lnOPsf k':tsx?

!= Oltxf;sf yk k[i7x?                  8f= uf]ljGb 608g

@= xf8Lufp+ k|frLg g]kfnsf] /fhwfgL       ;'bz{g/fh ltjf/L

#  jfudtL ;Eotf                        8f= ;fkmNo cdfTo

$= lnR5lj Oltxf;                        k|f=8f= hubLzrGb| /]UdL

%= k|frLgsfnsf] g]kfn                     jfj'/fd cfrfo{

^= lnR5ljsfnsf clen]v                  wgjh| jh|frfo{

&= lnR5ljsfnLg ;Djt\sf] lgZro          Zofd;'Gb/ /fhj+zL

*= :yfggfdsf]z                          s[i0fk|sfz >]i7

शुक्रबार​ १९ जेठ २०८० ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया